सुर्तिजन्य पदार्थ बरामद

सदरलाइन संवाददाता १३ आश्विन २०७७, मंगलवार १६:४५
 

नेपालगञ्ज : भारतबाट अवैधरुप नेपाल भित्र्याइएको सुर्तिजन्य पदार्थ सशस्त्र प्रहरीले बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल विओपी जमुनाहा भन्सारबाट सशस्त्र प्रहरी सहायक निरीक्षक सन्तोष शर्माको नेतृत्वमा गएको टोलीले भारतबाट भित्र्याइएको अवैध सुर्तिजन्य पदार्थ बरामद गरेको हो ।

नेपालगन्ज १५ टंकपसेरीबाट बिडी, पान, कमला पसन्दलगायतका सुर्तिजन्य पदार्थ बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ । ६४ हजार मूल्य बराबरको बरामद गरिएको सामान आवश्यक कारबाहीका लागि भन्सार कार्यालय नेपालगञ्जमा बुझाइएको छ ।

Next Post

नव–निर्मित दुइकोठे भवन उद्घाटन पछि हस्तान्त्रण

१३ आश्विन २०७७, मंगलवार १६:४५
बढैयाताल (बर्दिया) :  बर्दियाको बढैयाताल गाउपालिकामा रहेको युवक आधारभुत बिद्यालयको नवनिर्मित दुइ कोठे भवनको उद्घाटन एवम हस्तान्त्रण सम्पन्न भएको छ । प्लान ईन्टरनेशनल नेपालको आर्थिक सहयोगमा निर्माण गरिएको दुई कोठे सो भवन प्रदेश सभा सदस्य कबिराम थारुले उद्घाटन गरेका हुन । उनले विद्यालयको भौतिक पुर्वाधारको बिकास संगै शैक्षिक बिकासमा समेत […]