प्रदेश प्रमुख संबैधानिक प्रावधान अनुसार नै हटाईएको  : प्रचण्ड

१९ कार्तिक २०७६, मंगलवार १२:३७
 

सदरलाइनडटकम,
नेपालगञ्ज : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक प्रावधान अनुसार नै प्रदेश प्रमुख नियुक्ति गरिएको बताएका छन् ।
प्रेस संगठन बाँकेले नेपालगञ्ज विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पूर्वप्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन ।
उनले आगामि उपनिर्वाचनको लागि नेकपाका उम्मेदवारहरूको टुंगो लागिसकेको बताउदै देशभर नेकपाप्रति जनविश्वास बढेकाले नेकपाका उम्मेदवार विजयी हुने दावि गरे । उनले प्रदेश पाँचको राजधानी सबैको पायक पर्ने ठाउमा हुने बताए तर, स्थान भने खुलाएनन् ।
अध्यक्ष प्रचण्डले बाँकेमा आज दिनभर तीन वटा कार्यक्रममा सहभागिता जनाउने छन् । नेकपा बाँकेले आयोजना गरेको चियापान, कोहलपुर वडानं ६ कोे चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम, नेपालगन्जका उद्योगी ब्यापारीहरूसँग छलफल गर्ने कार्यक्रम तय भएको रहेको नेकपा बाँकेका अध्यक्ष आईपी खरेलले जानकारी दिए ।
सो अवसरमा पूर्व सभामुख तथा नेकपा प्रदेश पाँच अध्यक्ष ओनसरी घर्ती, उप सभामुख पूर्णा कुमारी सुवेदी, उर्जा मन्त्री वर्षमान पुन अनन्त, नेकपा बाँके ईन्चार्ज दिनेश चन्द्र यादव, सहईन्चार्ज महेश्वर गहतराज, मो हारुन, बाँके अध्यक्ष आईपी खरेल, सचिव अशोक कोइरालालगायतका नेताकार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

Next Post

सचेतक चौधरीको गाडी दुर्घटना

१९ कार्तिक २०७६, मंगलवार १२:३७
सदरलाइनडटकम, दाङ : नेपाल कम्युनिष्ट पार्टी(नेकपा) संसदीय दलका सचेतक शान्ता चौधरीको गाडी दुर्घटनामा परेको छ । सोमवार राती पौने १ बजे लमही नगरपालिका वडा नं. ६ पुलमोर स्थित घुम्तिमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । घोरहीबाट लमहीतर्फ जाँदै गरेको बा २ झ २८७१ नम्बरको सरकारी गाडी सडकदेखि […]