नेटवर्किङ व्यापारमार्फत ठगी गर्ने चार पक्राउ

१६ कार्तिक २०७६, शनिबार १३:४१
 

सदरलाइनडटकम,
बर्दिया : नेटवर्किङ व्यापारको नाममा ठगी गरेको आरोपमा चार जनालाई बर्दियाबाट पक्राउ गरि प्रहरीले सार्वजनिक गरेको छ । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय बर्दियाले शनिवार सार्वजनिक गरेको हो ।
ओरेञ्ज ग्लोबल मार्केटिङ प्रालि नामक बहुर्राष्ट्रिय कम्पनीमार्फत नेटवर्किङको नाममा ठगी गरेको आरोपमा जिल्लको गुलरिया नगरपालिका–४ बस्ने विवक थारु, सोही नपाको वडा नं ५ का हिमाल भन्ने प्रजय चौधरी, बारबर्दिया नपा–७ का दीपक चौधरी र राजापुर नपा–३ की आशा थारु रहेका छन् ।
आफूहरू ठगिएको भन्दै स्थानीय पाँच जनाले संयुक्तरुपमा दर्खास्त दिएका आधारमा आरोपितलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक राजेशनाथ बाँस्तोलाले बताए । नेटवर्किङ व्यापारको अनुसन्धान गर्ने क्रममा कैलाली, कञ्चनपुर, बाँके, बर्दिया र दाङ जिल्लाका २०० सर्वसाधारणलाई नाकाबाट उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक राजेशनाथ बास्तोलाले बताए ।
प्रहरीले पक्राउ गरेका चारै जनाविरुद्ध ठगी मुद्दामा जाहेरी दर्ता गरी अनुसन्धान अगाडि बढाएको छ । प्रहरीका अनुसार बहुर्राष्ट्रिय कम्पनी ओरेञ्ज ग्लोबल मार्केटिङ प्रालि नामक कम्पनी सिङ्गापुर, फिलिपिन्स, संयुक्त अरब इमिरेट्स, थाइल्याण्ड, मलेसिया, श्रीलङ्का, भूटानमा सक्रिय रहेको छ ।
भारतको चेन्नइमा प्रधान कार्यालय तथा नयाँदिल्लीमा शाखा कार्यालय स्थापना गरी नेपाल–भारत सीमा नजिक लखिनीपुर भन्ने स्थानमा नेचरल वैल इण्टरप्राइजेज नामक उपशाखा कार्यालयले नेटवर्किङ व्यवसायको नाममा विभिन्न खाद्य वस्तुको उत्पादन गरी सर्वसाधारणलाई ठगी गर्दै आएको छ ।
पछिल्लो समय नेटवर्किङ ब्यवसाय सञ्चालन गरेर बाके, बर्दिया, कैलाली दाङ लगायतका जिल्लामा सर्वसाधारण ठगिन थालेको उजुरी पर्न थाले पछि प्रहरीले नेटवर्किङमा संलग्नलाई नियन्त्रणमा लिन सुरु गरेको छ ।

Next Post

कपिलवस्तुमा छोराको कुटाईबाट आमाको मृत्यु

१६ कार्तिक २०७६, शनिबार १३:४१
सदरलाइनडटकम, कपिलवस्तु : छोराको कुटाईबाट कपिलवस्तुमा आमाको मृत्यु भएको छ । कपिलवस्तु–८ पश्चिम दोहनीका सुरेन्द्र कुर्मीले कुटपिट गरी आमा ५५ वर्षीया फूलमतीको हत्या गरेका छन् । सुरेन्द्रले मादकपदार्थ सेवन गरी शुक्रवार राति घरमा आगो लगाउँदै आमालाई कुटपिट गरी हत्या गरेको प्रहरीले बताएको छ । सुरेन्द्र फरार रहेकाले उनको खोजी भइरहेको […]

सम्बन्धित

ताजा अपडेट