जेष्ठ नागरिकका लागि नेपालगन्जमा दिवा सेवाकेन्द्र सन्चालन

१५ श्रावण २०७५, मंगलवार २१:१७
 

सदरलाइनडटकम,
नेपालगन्ज : नेपालगन्ज उप–महानगरपालिका वडा नं. १ का जेष्ठ नागरिकहरुलाई लक्षित गरी दिवा सेवा केन्द्र सन्चालन गरिएको छ ।
स्वावलम्वी जेष्ठ नागरिक समाज नेपालले १५ लाख ३७ हजार ८ सय ३० रुपैयाँको लागतमा २ कोठे भवन निर्माण गरी धम्बोझीको वाटरपार्कमा मंगलबारदेखि दिवा सेवा केन्द्र सन्चालन गरेको हो ।
फुर्सदका बेला समय विताउन र मनोरन्जन दिने उद्देश्यले केन्द्र सन्चालनमा ल्याइएको समाजका अध्यक्ष नरवहादुर हमालले वताए । नेपालगन्ज उप–महानगरको १४ लाख ४७ हजार ३० रुपैयाँ सहयोग र उपभोक्तावाट ९० हजार ३ सय रुपैयाँ संकलन गरी निर्माण गरिएको केन्द्रको नगरप्रमुख डा. धवलशम्शेर राणाले उद्घाटन गरेका छन ।
आकस्मिक विपदका लागि अक्षयकोष स्थापना गर्न सुझाव दिँदै मेयर राणाले आफ्नो एक महिनाको तलव अक्षयकोषलाई प्रदान गर्ने घोषणा गरे । कार्यक्रममा बोल्दै वडा नं १ का अध्यक्ष प्रमोद रिजालले वृद्धाआश्रममा जानुपर्ने वाध्यता अन्त्य गर्न केन्द्रले जेष्ठ नागरिकको अधिकारका लागि मदत पु¥याउनुपर्नेमा जोड दिए ।

Next Post

यूट्यूवमा दिपाको गीत चुस्त, रेखाको सुस्त

१५ श्रावण २०७५, मंगलवार २१:१७
साउन लागेपछि नेपाली चलचित्रको गीत रिलिज गर्ने होड नै चलेको छ । दुई साताको अन्तरालमा आधा दर्जनभन्दा बढी गीत सार्वजनिक भएका छन् । साउन, भदौ र असोजमा चलचित्रको भेल आउन लागेकाले पनि निर्माताहरु अहिलेदेखि नै गीत हिट गराउन लागिपरेका हुन् । किनकी, गीत-संगीतकै कारणले पनि चलचित्रको व्यापारमा धेरै ठूलो फरक […]