मन्त्री पौडेलद्वारा स्मार्ट कृषिगाउँको अनुगमन

१४ कार्तिक २०७६, बिहीबार १४:२५
 

सदरलाइनडटकम,
दाङ : प्रदेश नं. ५ का कृषि, सहकारी तथा भूमि ब्यबस्था मन्त्री आरती पौडेलले दाङ लमही नगरपालिका वडा नं. ९ स्थित हर्दवा स्मार्ट कृषि गाउँको बिहीवार अनुगमन गरेकी छिन् । सोही ठाउँमा ठाउँमा ब्यावसायिकरुपमा कागति खेती र बाख्रा पालन भईरहेको छ ।
प्रदेश नं. ५ सरकारले प्रत्येक प्रदेशसभा निर्वाचन क्षेत्रमा स्मार्ट कृषि गाउँ बनाउने योजना अनुसार दाङ निर्वाचन क्षेत्र नं. ३ को ‘ख’ बाट निर्वाचित सांसद रेवतीरमण शर्माले छनौट गरेको उक्त कृषि गाउँको मन्त्रीले अनुगमन गरेकी हुन् । जहाँ अहिले तीनहजार पाँचसय याँ कागतीको बिरुवा समेत लगाईएको छ । त्यस अवसरमा मन्त्री पौडेलले कृषि नै समृद्धिको आधार भएको बताईन् ।

Next Post

अबैध पेस्तोलसहित ६ जना प्रहरी नियन्त्रणमा

१४ कार्तिक २०७६, बिहीबार १४:२५
सदरलाइनडटकम, नेपालगञ्ज : ईलाका प्रहरी कार्यालय कोहलपुरले पेस्तोल सहित ६ जनालाई नेपालगञ्ज–२० मनिकापुर स्थित नमस्ते भिलेज रेस्टुरेन्टको पार्किङ्गबाट नियन्त्रणमा लिएर अनुसंधान सुरु गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीले दिएको जानकारी अनुसार ‘मेड इन अमेरिका’ लेखेको अटोमेटिक पेस्तोल र २ राउण्ड गोली र त्यसको म्याग्जिनसहित […]