सदरलाइनडटकम,
नेपालगञ्ज : नेवार समुदायले बुधवार किजा पूजा अर्थात् भाइटीका लगाउँदैछन् । मंगलवार म्हः पूजा अर्थात् आत्मपूजा गरेका नेवार समुदायले बुधवार किजा पूजा अर्थात् भाइटीका लगाउन लागेका हुन् ।
पञ्चांग निर्णायक समितिले लक्ष्मीपूजादेखि भाइटीकाको दिनसम्म अर्थात १०, ११ र १२ गतेमात्र सार्वजनिक विदा दिन सरकारलाई सिफारिस गरेको थियो । तर, नेवार समुदायले भाइटीका १३ गते मनाउने भन्दै विदा दिन प्रधानमन्त्रीसँग आग्रह गरेपछि सरकारले आज पनि सार्वजनिक विदा दिएको हो । हिजो नेपाल सम्वतको नयाँ वर्ष भएकाले आज किजा पूजा मनाउन लागिएको बताइएको छ ।
नेपाल पञ्चांग निर्णायक समितिले भाइटीकाकै दिन म्हः पूजा गर्ने निर्णय गरेको थियो । त्यही निर्णय अनुसार कतिपयले हिजो नै म्हः पूजा गरे । कतिपयले भने भाइटीकाको अघिल्लो दिन म्हः पूजा गर्ने चलन रहेको भन्दै सोमबारै म्हः पूजा गरेका थिए ।
