नदगसहित बाँकेमा नौँ जुवाडे प्रहरीको फन्दामा

११ कार्तिक २०७६, सोमबार १५:२७
 

सदरलाइनडटकम,
कोहलपुर (बाँके) : साढे तीन लाख नगदसहित बाँकेमा ९ जुवाडे पक्राउ परेका छन् । तीन लाख ३९ हजार चार सय ५० रुपैयाँसहित आइतवार राती कोहलपुरबाट जुवाडेहरु पक्राउ परेका हुन् ।
कोहलपुर नगरपालिका–११ स्थित कोहलपुर डेन्टलको माथिल्लो तलामा जुवा खेलिरहेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय कोहलपुरबाट गएको टोलीले छापा मार्दा नगदसहित ९ जना जुवाडेलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिए ।
नेपालगञ्ज उपमहानगरपालिका ६ का २५ बर्षीय मेघनाथ कुसबधिया, कोहलपुर ११ का विवेक श्रेष्ठ, उमेश शाही, महेन्द्र बुढा, कोहलपुर ३ का अञ्जन शाही, तुर्माखाद गाउँपालिका ५, अछामका निरक शाही, कोहलपुर १० का खिल्पु शाही, सोही ठाउँका द्रोणराज पुरी र नेपालगञ्ज १ का गणेश शर्मा पक्राउ परेको उनले बताए । उनीहरुमाथि जुवातास ऐनअन्तर्गत मुद्दा चलाइने प्रहरी नायव उपरीक्षक शाहीले जानकारी दिए ।

Next Post

राष्ट्रिय विभुती शंखधर साख्वा चोकको बिरोध नगर्न आग्रह

११ कार्तिक २०७६, सोमबार १५:२७
सदरलाइनडटकम, नेपालगञ्ज   :  सहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले देशको विभूतीको नाममा चोक नामाकारण गर्ने अभियानमा कसैले राजनीति गर्न नहुने बताएका छन् । नेपाल सम्बत् ११४० को अवसरमा सोमवार नेपालगन्जमा आयोजना गरिएको शुभकामना आदान प्रदान कार्यक्रममा मन्त्री राईले राष्ट्रिय विभुतीलाई सम्मान गर्ने दायित्व राष्ट्रको भएको बताउँदै नेपालगञ्जको कारकाँदो चोकमा शंखधर […]