नेकपा बाँके निकट जनप्रतिनिधिलाई मुख्यमन्त्रीको प्रशिक्षण

५ कार्तिक २०७६, मंगलवार १८:२४
 

सदरलाइनडटकम,
नेपालगञ्ज  : पाँच नंबर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले बाँकेमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाँकेका तर्फबाट विभिन्न स्थानीय तहका जनप्रतिनिधिलाई प्रशिक्षण दिएका छन् ।
नेकपा पार्टी जिल्ला संगठन कमिटीको आयोजनामा जनप्रतिनिधिलाई एक दिने प्रशिक्षण दिनका लागि मुख्यमन्त्री पोख्रेल मंगलबार नै नेपालगञ्ज आईपुगेका हुन ।
बाँके जिल्लामा नेकपाबाट निर्वाचित जनप्रतिनिधि पालिकाका मेयर र अध्यक्षदेखि वडा सदस्यसम्मलाई स्थानीय तह संचालन, व्यवस्थापन र जनपक्षिय काम गर्नका लागि अझ दत्तचित्त भएर लाग्न निर्देशन दिदै मुख्यमन्त्री पोख्रेलले हालै सवोच्च अदालतले दिएको जनप्रतिनिधिको पारिश्रमिकको विषयमा दिएको फैसलामा भावनामा नबग्न आग्रह गरे । बाँकेका ८ वटा पालिका मध्ये नेकपाले ४ वटा पालिकामा नेतृत्व सहित जनप्रतिनिधिहरु निवाचित भएका छन् ।
नेकपा प्रदेश नं. ५ का इन्चार्ज समेतको जिम्मेवारी समालेका मुख्यमन्त्री पोखरेल स्थानीय तह र प्रदेश सरकार, नीति कार्यक्रम र बजेट कार्यान्वयनका साथै कसरी स्थानीय संचालन गर्न सकिन्छ भन्ने विषयमा प्रशिक्षण दिएका थिए ।
नेकपा बाँकेका अध्यक्ष तथा प्रदेश सांसद आईपी खरेलको अध्यक्षतामा सम्पन्न सो प्रशिक्षणमा करिब ३ सय जना जनप्रतिनिधि र पार्टी नेताको सहभागिता रहेको नेकपा बाँकेका सचिव अशोक कोईरालाले जानकारी दिए ।

Next Post

भारतबाट ल्याईएको बोईलर कुखुरा र मोटरसाईकल नियन्त्रणमा

५ कार्तिक २०७६, मंगलवार १८:२४
सदरलाइनडटकम, नेपालगञ्ज  : भारतबाट अनाधिकृत रुपमा नेपालगञ्ज ल्याउदै गरेको ११८ किलो बोईलर कुखुरा मोटासाईकल सहित राष्ट्रिय अनुसन्धानबाट सादा पोषाकमा खटेका प्रहरीको टोलीले नियन्त्रणमा लिएर आवश्यक कारवाहीको लागि पशु क्वारेन्टाईनमा बुझाएको छ । बुधबार बिहान साढे पाँच बजे युपी ४० सी २२७२ नंम्बरको हिरोहोण्डा मोटरसाईकलमा ल्याउदै गरेको भारतमा उत्पादित कुखुरा नेपालगञ्ज–१० […]