वडा कार्यालयमा आगजनी

२७ भाद्र २०७६, शुक्रबार १०:४१
 

`सदरलाइनडटकम,
कञ्चनपुर : कञ्चनपुरको भीमदत्त नगरपालिका १९ को कार्यालयमा बिहीवार राती अज्ञात समुहले आगजनी गरेको छ । वडा कार्यालयको ताला फुटाएर आगजनी गरिएको हो ।
आगजनीबाट कार्यालयभित्र राखिएका फर्निचर, महत्वपूर्ण कागजपत्र, दराजलगायत जलेर नष्ट भएको नगरका मेयर सुरेन्द्र विष्टले बताए । ‘कार्यालयमा आगजनी गरिएको ठाउँमा नेकपा (विप्लव) समुहको नामबाट छाडीएको पर्चा समेत फेला परेको छ’ उनले भने, ‘कसले आगजनी गरेको हो भन्ने बारे अझै पुष्टि हुन बाँकी रहेको छ ।’
कार्यालयमा भएको क्षतिको विवरण भने संकलन भईरहेको छ । अगाजनी गरिएको बारे अनुसन्धान प्रक्रिया अगाडी बढाइएको प्रहरीले जनाएको छ ।

Next Post

रोल्पामा पहिरो जाँदा ६ जना पुरिए

२७ भाद्र २०७६, शुक्रबार १०:४१
सदरलाइनडटकम, रोल्पा : रोल्पाको थवाङमा भिषण पहिरो गएको छ । थवाङ गाउँपालिका वडा नं. २ छेर्लाेवाङ झार्नै भन्ने ठाउँमा बिहीवार राति पहिरो जाँदा ६ जना मानिस पुरिएको स्थानीयले बताएका छन् । दुई वटा घर र केही गोठहरू तथा ठूलो संख्यामा भेडा र बाख्राहरू पुरिएको आशंका गरिएको छ । थवाङबाट प्रहरी […]