प्रदेश नम्बर पाँचमा भिक्षा माग्न निषेध

२७ आश्विन २०७६, सोमबार १६:०६
 

सदरलाइनडटकम,
बुटवल : प्रदेश नम्बर पाँचलाई सडक मानव मुक्त बनाउने अभियान सुरु भएको छ । अब प्रदेशका कुनै पनि धार्मिक स्थलदेखि सडक पेटीमा बसेर कुनै पनि मानिसहरुले बसी भिक्षा माग्न पाइने छैन । पाल्पाको तिनाउ गाउँपालिका ३ स्थित सिद्धबाबा मन्दिर र रुपन्देहीको तल्लो सिद्धबाबा मन्दिर परिसरमा भिक्षा निषेधित क्षेत्र घोषणा गरी प्रदेशलाई सडक मानवमुक्त बनाउने अभियानको शुरुवात भएको छ ।
घरबारबिहीन बसाहारा, परित्यक्त, असहाय तथा जीवन जोखिममा रहेकाहरुलाई हामी तयार छौ’ भन्ने नाराका साथ अभियानको शुरुवात गरिएको हो । पहिलो चरणमा मठ मन्दिरमा बसेर भिक्षा माग्नेलाई हटाइने प्रदेश सरकारको योजना रहेको सामाजिक विकास मन्त्री सुदर्शन बरालले बताए । सिद्धबाबामा मन्दिरमा भिक्षा मागेर खाने १८ जना सन्त महन्तहरुलाई सोमवार बुटवलस्थित मानव सेवा आश्रममा लगिएर राखिएको छ ।



प्रदेश सरकारले गत वर्षदेखि नैं सुरु गरेको अभियानले आइतवारबाट औपचारिकता पाएको हो । प्रदेशले सडक मानवमुक्त बनाउन मानव सेवा आश्रमको सहकार्यमा बुटवलका लागि २५ र नेपालगञ्जका लागि २५ लाख गरी ५० लाख रुपैयाँ विनियोजन गरेको छ । यो अभियानले भिक्षा दिने र भिक्षा लिने सवैलाई निरुसाहित गर्ने अपेक्षा गरिएको सिद्धबाबा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष दल बहादुर गुरुङले बताए ।
प्रदेश नम्बर पाँचका विभिन्न धार्मिक मठमन्दिर, शहरका पार्टी पैवामा भिक्षा मागेर जीवन गुर्जाने धेरै मानिसहरु छन् । प्रदेशमा सडक मानव कति छन् भन्ने यकिन तथ्याङ प्रदेश सरकारसँग छैन । सडक मानवहरुलाई राख्ने व्यवस्था मानव सेवा आश्रमले लिएको छ । त्यस्तै प्रदेश सरकारले अनाथ र जेष्ठ नागरिकको लागि रुपन्देहीकैं सैनामैना नगरपालिकामा जेष्ठ नागरिक केन्द्र निर्माण गर्न एक करोड रुपैयाँ विनियोजन गरेको छ ।

Next Post

श्रीमानको कुटाईबाट श्रीमतीको मृत्यु

२७ आश्विन २०७६, सोमबार १६:०६
सदरलाइनडटकम, कैलाली : श्रीमानको कुटाईबाट कैलालीमा श्रीमतीको मृत्यु भएको छ । लम्की चुहा नगरपालिका–१ भरुवाका धिरेन्द्र थापाको कुटपिटबाट उनकी श्रीमती जानकी बिक थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । श्रीमानको कुटाईबाट अचेत भेटिएकी थापालाई उपचारका लागि नेपालगञ्ज पठाइएको थियो । उपचारपछि घर फर्किएकी थापालाई थप उपचारका लागि […]