सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्जको रानीतलाउमा डुबेर एक जना व्यक्तिको मृत्यु भएको छ । बाँके प्रहरीका अनुसार गएराती ३ बजेतिर तलाउको पर्खालमाथिबाट तलाउ परिसरमा प्रवेश गरेका नेपालगञ्ज–७ का २३ बर्षिय सुनिल भित्रकोटिको मृत्यु भएको हो ।
मृतक व्यक्तिको शव आइतबार विहान करिब ९ः३० मा प्रहरी र नेपालगञ्ज उपमहानगरपालिकाको सहयोगमा घटनास्थलबाट निकालेर भेरी अस्पतालमा पोष्टमार्टमका लागि पुर्याएको थियो ।
बिहान १० बजेदेखि बेलुका ७ बजेसम्म मात्र सार्वजनिकरूपमा खुल्ला रहने रानीतलाउ भित्र राति ३ बजे तिर उनि किन प्रवेश गरे भन्ने कुराको पुष्टि अझै हुन नसकेको प्रहरी प्रहरीले जनाएको छ । साथै घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यस भन्दा पहिले पनि रानितलाउमा डुबेर एक जना व्यक्तिको मृत्यु भइसकेको छ । तलाउमा डुबेर मृत्यु भएका भित्रकोटीको शव अन्तिम संस्कारको लागि घरपरिवारले बुझेर लिएको प्रहरीले जनाएको छ ।
