दुई प्रदेशका सदस्यहरुबीच अनुभव आदानप्रदान

३० भाद्र २०७६, सोमबार १७:४९
 

सदरलाइनडटकम,
बुटवल : प्रदेश नं. ५ का प्रदेशसभा सदस्य र सुदूरपश्चिम प्रदेशसभा सदस्यहरुबीच अन्तर प्रदेश अनुभव आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । प्रदेशसभा सचिवालयमा सोमवार आयोजित कार्यक्रममा दुई प्रदेशसभाका सदस्यहरुबीच अनुभव आदानप्रदान कार्यक्रम सम्पन्न भएको हो ।
यही भदौ २८ गतेदेखि अन्तर प्रदेश अनुभव आदानप्रदानका लागि निस्किएको सुदूरपश्चिम प्रदेशसभा सदस्य तथा कर्मचारीहरुको टोलीलाई प्रदेश नं ५ का सभामुख पूर्णबहादुर घर्तीले स्वागत गरेका थिए । कार्यक्रममा बोल्दै सभामुख घर्तीले अन्तर प्रदेश अनुभव आदान–प्रदान कार्यक्रमले प्रदेशसभाको काम कार्बाहीलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
टोलीमा सुदुरपश्चिम प्रदेशसभामा सत्ता पक्षका प्रमुख सचेतक तारालामा तामाङ्ग, प्रमुख प्रतिपक्षी दलका प्रमुख सचेतक गोबिन्द राज बोहोरा, सार्वजनिक लेखा समितिका सभापति कुमारी नन्दा बम, सामाजिक विकास समिति सभापति कुन्ती जोशी, विधायन तथा प्रदेश मामिला समिति सभापति नेपालु चौधरी, अर्थ विकास तथा प्राकृतिक स्रोत समितिका सभापति हर्क बहादुर कुँवर लगायत १२ जनाको सहभागिता रहेको प्रदेश नं ५ का प्रदेशसभा सचिवालयका सूचना अधिकारी मनोज कुमार पाण्डेयले जानकारी दिए ।

Next Post

सुदूरपश्चिमको विकास आवश्यक : मुख्यमन्त्री भट्ट

३० भाद्र २०७६, सोमबार १७:४९
सदरलाइनडटकम, डडेल्धुरा : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विगतका दिनमा अरुका कारणले सुदूरपश्चिममा विकास नभएकाले अब स्थानीय र प्रदेश सरकार मिलेर विकास गर्नुपर्ने बताएका छन् । नेपाल नगरपालिका संघ सुदूरपश्चिम प्रदेशको प्रथम प्रदेश अधिवेशनको सोमवार डडेल्धुरामा उद्घाटन गर्दै उनले सबै अहिले संविधान तह अधिकार सम्पन्न स्थानीय र प्रदेश सरकार रहेको […]