सामुदायिक वनमा आगो लगाउने पक्राउ

३१ बैशाख २०७६, मंगलवार १४:५४
 

सदरलाइनडटकम,
सल्यान : सामुदायिक वनमा आगो लगाउँदै गरेको अबस्थामा सल्यानमा एकजना पक्राउ परेका छन् । शारदा नगरपालिका–२ स्थित आमा चौतारी नजिक वनमा आगो लगाइरहेका एकजनालाई सशस्त्र प्रहरी वल सल्यानले नियन्त्रणमा लिएको हो ।
वडा नम्बर २ का ५९ वर्षीय तीर्थबहादुर खाडलाई आगो लगाउँदै गरेको अव्स्थामा वनबाट पक्राउ गरिएको सशस्त्र प्रहरी बल सल्यानका प्रहरी प्रमुख बिमल डाँगीले बताए । खाँडले लगाएको आगो नियन्त्रणमा लिइएको छ । आगो लगाउने खाँडलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय सल्यानमा बुझाइएको छ ।
वन जंगलमा आगो लगाउने कसैलाई पनि नछाड्ने उनले बताए । जिल्लाका विभिन्न सामुदायिक वनहरुमा डढेलो लागिरहेको छ । डढेलोका कारण अहिलेसम्म दुई जनाको मृत्यु भइसकेको छ । डढेलोबाट दर्जन बढी घरगोठ खरानी भएका छन् । आगो लगाउनेलाई कारबाही हुने उनले बताए । जिल्लाका सबै सुरक्षा निकाय, डिभिजन वन कार्यालयले विभिन्न स्थानमा सचेतनामुलक कार्यक्रम गरेपनि वनमा डढेलो कम हुन सकिरहेको छैन ।

Next Post

विवाहमा विवाद हुँदा युवकको हत्या

३१ बैशाख २०७६, मंगलवार १४:५४
सदरलाइनडटकम, दैलेख : विवाहमा दुई समूहबीच झडप हुँदा दैलेखमा एक युवकको हत्या भएको छ । नारायण नगरपालिका–५ छात्तीकोटस्थित आफन्तको विवाहमा गएका बेला दुई समूहबीच झडप हुँदा सोही वडाका ३२ वर्षीय प्रेमबहादुर थापाको हत्या भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएकोे छ । थापाको गाउँकै पहलसिं सारु र दानबहादुर थापाको समूहबीच मदिरा […]