सदरलाइन /डिलकुमारी नेपाल ,
९ बैशाख, चितवन : चितवनको सौराहा राप्ती किनार नजिकै आईतबार विहान एउटा दुर्लभ पाटेबाघ मृत अवस्थामा भेटिएको छ । चितवन राष्ट्रिय निकुञ्जको छेउ राप्ती किनारमा वयस्क बाघ मृत अवस्थामा भेटिएको निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालले जानकारी दिए ।
उनले घटनास्थालको प्रारम्भिक अवस्था अनुसार दुई बयस्क बाघ आपसमा जुधेर नै बाघ मरेको अनुमान गरिएको बताए । पछिल्लो २ महिनाको अन्तरालमा मात्रै चितवनमा चार वटा बाघ मरि सकेको छ ।
अहिले चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत अभिनय पाठकसहित पशु चिकित्सकको टोली मृतबाघको मुचुल्का र पोष्टमार्टमका लागि घटनास्थल पुगेको छ । दिनहु बाघको घटना घट्दै जानाले बाघको संख्यामा ओरालो लगने पाठकले बताए ।
