शितलहरवाट जोगिन बर्दियाका जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण

२१ पुष २०७३, बिहीबार ०९:३४
 

सदरलाइनडटकम     
२१ पुस, गुलरिया (बर्दिया) : बर्दियाका जेष्ठ नागरिकलाई शितलहरवाट जोगाउन जिल्ला दैविप्रकोप उद्धार समिति वर्दियाले विभिन्न सघसस्थाको सहयोगमा न्यानो कपडा वितरण गरेको छ ।
बिहिवार जेष्ठ नागरिक सघको व्यवस्थापन तथा फाया नेपालको सहयोगमा ५ सय४० जाना जेष्ठ नागरिकका लागि प्राप्त न्यानो कपडा बर्दियाका प्रमुख जिल्ला अधिकारी विष्णुवहादुर थापाले कालिकाकी १०५ वर्षिया जुद्ध कुमारी हमाललाई हस्तान्तरण गरि शुभारम्भ गरे ।
प्रमुख जिल्ला अधिकारी थापाले जेष्ठ नागरिकका लागि यस्तो सहयोग धेरै उपयोगि हुने वताए । उनले जिल्ला दैविप्रकोप उद्धार समितिले विभिन्न सघसस्था, रेडक्रस लगायतको सहयोगमा शितलहरवाट बच्न सामाग्री वितरण गरेको र यो क्रम जारी रहने समेत वताए ।
शितलहरका कारण समुदायमा जेष्ठ नागरिक, महिला वालवालिका, सुत्केरी वढी प्रभावित हुने हुँदा हेल्पपेज इन्टरनेशनलको सहयोगमा फाया नेपाल मार्फत प्राप्त सामाग्री वितरण गरिएको हो ।


फाया नेपालको कार्यक्रम लागु भएका कालिका, महम्मदपुर, धधवार, वासग, मैनापोखर, १ थान कम्मल, २ थान मोजा, १ थान टोपी र १ थान पन्ञा रहेको सेट ५ सय ४० जनालाई वितरण गर्ने कार्यक्रम रहेको फाया नेपालका कार्यक्रम अधिकृत जितराम चौधरीले जानकारी दिए ।
जेष्ठ नागरिक सघका वर्दियाका अध्यक्ष टुकराज घिमिरेले सवैको प्रयासवाट जेष्ठ नागरिकलाई प्राप्त भएको न्यानो कपडाले राहत पुगको वताए ।
त्यसैगरि नेपाल रेडक्रस सोसाइटी वर्दियाले २०७१ को वाढीले विस्थापित भएको गुलरिया नगरपालिका–५ रामपुर टप्पुमा वसेका ४१ घर परिवारलाई साय थान कम्मल ५० थान त्रिपाल र महिला तथा वालवालिकाको लागि अन्य न्यानो कपडा समेत वितरण गरेको छ ।
यता चौधरी फाउन्डेसनको सहयोगमा हिमाली आधारभुत प्रावि गुलरियाका ५ सय जना विद्यार्थिहरुलाई कम्मल, वलाङ्ककेट, सुइटर र चामल दाल वितरण गरिएको सुचना व्यवस्थापन अधिकृत, जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र, वर्दियाका रुपन ज्ञवालीले जानकारी दिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँके मालपोतमा अनलाईन सेवा सुरु

२१ पुष २०७३, बिहीबार ०९:३४
सदरलाइनडटकम  २१ पुस, नेपालगन्ज : भुमिसुधार मन्त्री बिक्रम पाण्डेले मालपोत कार्यालय बाँकेमा सेवाग्राहीको सहजताका लागि अनलाईन सेवा शुरु गरेको बताएका छन् । बिहीबार एक कार्यक्रमका बीचमा अनलाइन सेवाको शुभारम्भ गर्दै उनले मलपोतमा अनलाईन सेवा सुचारु भएपछी मालपोत कार्यालयमा हुने भष्ट्राचार, किर्ते, जालसाँझी र ढिला सुस्ती जस्ता कामहरु बन्द हुने बिश्वास ब्यक्त […]