मनकारी वडा अध्यक्ष वर्षभरीको तलव बृद्धबृद्धालाई वितरण

५ श्रावण २०७६, आईतवार १२:०१
 

सदरलाइनडटकम,
महेन्द्रनगर  :  उमेरले सताप्दी कटेकी १०५ वर्षिय नारुमति तिरुवाको अनुहारमा चमक थियो । खुसि मन हर्षित अनुहार संयो मुस्कुराउदै बसेकी तिरुवाको खुसि थियो बृद्ध भत्ता जस्तै पैसा पाउने । घरमै बसेर त्यो पैसा पाउने । खुसिलाई साकार पारेका छन एक जना मनकारी वडा अध्यक्षले ।
कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्वर १ का वडा अध्यक्ष आसेफ कुँवर (भुन्टु)ले तलब भत्ता बाफत प्राप्त भएको एक बर्षको रकम बृद्धबृद्धा र अपाङ्गता भएका व्यक्तिलाई वितरण गरेका छन् ।
स्थानीय तहको निर्वाचनमा निर्वाचित हुनु अगावै तलब भत्ता बाफत प्राप्त हुने रकम लाई कञ्चनपुरका बृद्धबृद्धा र अपाङ्गता भएका व्यक्तिलाई वितरण गर्ने भनि निर्वाचनमा होमिएका एक मनकारी मनकारी वडा अध्यक्षले तलब भत्ता बाफत प्राप्त भएको रकम यस वर्ष पनि बृद्धबृद्धा र अपाङ्गता भएका व्यक्तिलाई वितरण गरेका हुन ।
निर्वाचीत जनप्रतिनिधिहरु सेवा सुविधाभोगी र भष्टाचारमा लिप्त रहेकोे आरोप लागिरहेका बेला वडा अध्यक्ष कुँवरले भने तलब भत्ता बाफतको रकम गाँउका बृद्धबृद्धा र अपाङ्गता भएका व्यक्तिलाई वितरण गरेका हुन् । नेपाली काँग्रेसबाट निर्वाचित वडा अध्यक्ष कुँवरले आईतबार बिहान भीमदत्त नगरपालिका वडा नम्वर १का १६२ जना जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, दृष्टिबिहीन र विपन्न परिवारलाई वितरण गरेका हुन ।
तलब लिएर वडा कार्यालय पुगेका अध्यक्ष कवुँरले बृद्धबृद्धालाई रु १ हजार ५ सयका दरले अपाङ्गता भएका व्यक्तिलाई १ हजारका दरले रकम बाँडेका हुन् । स्थानीय तह निर्वाचनको बेला आफूले पाउने तलब वडाका बृद्धबृद्धा, अपाङ्गता भएका व्यक्ति र असहायलाई वितरण गर्ने घोषणा गरेका कुँवरले आफू कमाउनका लागि नभई जनताको सेवा गर्न आएको बताए । गत वर्ष पनि मैले यसै गरी बाडेको र कार्यकाल रहदासम्म यसै गरी बाडी रहने प्रतिबद्धता जनाए ।
प्रदेश नं.७ मा स्थानीय तहको निर्वाचनका निर्वाचित जनप्रतिनिधिले तलब भत्ता बाफत प्राप्त भएका रकम वडामै वितरण गरेका हुन । वडा अध्यक्ष कुवँरले जनप्रतिनिधीहरुले स्थानीय तहबाट तलब सुविधा लिनु अशोभनिय हुने तर्क गरे ।

Next Post

नेपालगञ्ज नाकाबाट ६ अर्ब बढीको चामल आयात

५ श्रावण २०७६, आईतवार १२:०१
सदरलाइनडटकम, नेपालगञ्ज : नेपालगञ्ज नाकाबाट एक वर्षमै ६ अर्ब रुपैयाँ भन्दा बढीको चामल भारतबाट आयात भएको छ । कृषिप्रधान देश नेपालमा केही वर्षयता आयात भएको खाद्य सामाग्रीको तथ्यांकले भारतसँग नेपालको निर्भरता बढ्दै गएको देखाएको छ । पेट्रोलियम पदार्थ, फलफूल र तरकारी मात्र नभई खाद्यन्नमा पनि नेपाल भारतमा निर्भर हुन थालेको […]

सम्बन्धित