सदरलाइनडटकम,
काठमाण्डौ : भारतको नयाँ दिल्लीस्थित एम्स अस्पतालमा कार्यरत डाक्टर प्रिया बेदीले आफ्नो श्रीमानले शारीरिक सम्बन्ध नराखेको भन्दै आत्महत्या गरेकी छन् । उनको विवाह ५ वर्षअघि डाक्टर कमल बेदीसँग भएपनि श्रीमान् समलिङ्गी भएको र उनको अन्य पुरुषसँग सम्बन्ध रहेको उनको सुसाइड नोटमा उल्लेख छ ।
प्रियाले आफूलाई भावनात्मकरुपमा पनि तड्पाएको उल्लेख गरेकी छिन् । उनले आफ्नो मृत्युको कारणमा पति दोषी रहेको समेत सुसाइड नोटमा बताएकी छन् । प्रियाले पटकपटक यौनसम्पर्कको निम्ति प्रयास गर्दासमेत असफल बनेकी थिइन् भन्ने उल्लेख गरेकी छिन् । प्रियाको शव पहाडगञ्जको एक होटलमा फेला परेको थियो ।
(एजेन्सी)
