सदरलाइनडटकम,
भैरहवा : रुपन्देहीको गौतमबुद्ध विमानस्थल भैरहवाबाट हतियारसहित एकजना भारतीय नागरिक पक्राउ परेका छन् । भारत लखनउका ५० वर्षीय उमेश शुक्ला हतियारसहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । ‘मेड इन चेकोस्लोभाकिया’ लेखेको पेस्तोल र त्यसमा लाग्ने १६ राउण्ड गोलीसहित उनी पक्राउ परेको प्रहरीले बताएको छ ।
दिउँसो १ बजेको बुद्ध एअरबाट पोखरा जाने क्रममा उनको झोला विमानस्थलको एक्सरे मेशिनमा स्क्यान गर्दा पेस्तोल भएको पुष्टि भएपछि पक्राउ गरिएको रुपन्देहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले जानकारी दिए । शुक्लामाथि अनुसन्धान थालिएको प्रहरीले बताएको छ ।
Next Post
ठूलो परिमाणको लागूऔषधसहित बाँकेमा पाँच पक्राउ
३ असार २०७६, मंगलवार १८:४५
सम्बन्धित
-
२ बैशाख २०८०, शनिबार १५:५७
जानकीमा नयाँ वर्ष तथा ईदको शुभकामना आदान–प्रदान
-
२१ भाद्र २०७९, मंगलवार १३:५८
बाँकेको नौबस्ता औद्योगिक क्षेत्रको निर्माण कार्य अघि बढ्ने
-
७ भाद्र २०७८, सोमबार १५:५२
टीकापुर घटनाको ६ वर्ष पुरा
-
१५ श्रावण २०७९, आईतवार १६:१९
मेयर विष्टले मन्त्री राईलाई बुझाए पाँच बुँदे ध्यानाकर्षण पत्र
-
१ चैत्र २०८०, बिहीबार १५:१८
बढैयातालका अग्नी पीडितलाई जनप्रतिनिधिको साथ
-
२२ फाल्गुन २०७८, आईतवार १९:४७
प्रदेश सभा सदस्य आरती पौडेलको संयोजकत्वमा संर्घष समिति