नेपाल–भारतको संयुक्तटोली बाँकेको बाढी प्रभावितक्षेत्रको स्थलगत अनुगमनमा

१६ जेष्ठ २०७६, बिहीबार २०:०४
 

सदरलाइनडटकम,
नरैनापुर (बाँके) : नेपाल–भारतको संयुक्त टोलीले बाँकेको बाढी तथा डुवानबाट बर्षेनी प्रभावित हुने क्षेत्रको स्थलगत निरिक्षण तथा अनुगमन गरेको छ ।
नेपालको तर्फबाट प्रदेश ५ का प्रदेशसभा सदस्य एवम् सोही क्षेत्रबाट निर्वाचित सांसद् कृष्णा केसी नमुना, नरैनापुर गाउपालिकाका अध्यक्ष इस्तियाक अहमद शाह, सिंचाई विभागका महानिर्देशक सरिता दवाडी र भारतको तर्फबाट सिंचाई विज्ञ के. एल. दास नेतृत्वको टोलीले राप्ती नदीको सिधनियाँ घाटदेखि सीमावर्ती सुईया बघौडासम्मको क्षेत्रको स्थलगत निरिक्षण तथा अनुगमन गरेको हो ।
टोलीमा सहभागी प्रदेश ५ का प्रदेशसभा सदस्य सांसद् नमुनाले भारतीय बाँधका कारण त्यस क्षेत्रका स्थानीयले भोग्दै आएको समस्याका बारेमा भारतीय टोलीलाई जानकारी गराउँदै समस्या समाधानका लागि द््रुत गतिमा पहल थाल्न आग्रह गरिन ।
उनले हरेक वर्ष सो बाँधका कारण बाँकेको कुसुमदेखि भारतीय सीमा क्षेत्र सम्मका भागहरु डुवान तथा कटानमा पर्दै आएको कारण यसको समाधानको लागि तत्काल पहल गर्न दुबै पक्षका प्राविधकलाई निर्देशन समेत दिईन ।
नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले लक्ष्मणपुर बाँध, कलकलवा तटबन्ध र बाँध जस्तो सडकका कारण बाँकेका स्थानीयबासीले बर्षौंदेखि झेल्दै आएको बाढी र डुवान समस्या समाधानका लागि भारतीय पक्षले पहल थाल्ने आश्वासन दिएकोे बताए ।
अध्यक्ष शाहले नरैनापुरले बाढी, डुबान र कटानको समस्या झेल्दै आएको जानकारी गराउँदै दिर्घकालीन समाधानका लागि टोलीलाई आग्रह गरे ।
लक्ष्मणपुर बाँध र कलकलवा तटबन्धका कारण बाँकेको नरैनापुर गाउँपालिकाका राप्ती नदी तटीय क्षेत्रका गंगापुर र मटेहिया तथा डुडुवाको बेतहनी र होलिया डुबानमा पर्दै आएका छन् । पछिल्लो समय भारतले सीमामा बनाएको बाँध जस्तो सडकका कारण भारतीय सीमावर्ती नेपाली बस्ती डुबानको उच्च जोखिममा परेका छन् ।  

Next Post

नेपालगञ्जमा लागूऔषध दुर्व्यसनीको अवस्था भयावाह

१६ जेष्ठ २०७६, बिहीबार २०:०४
सदरलाइनडटकम, नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका भित्र बसोबास गर्ने १२ वर्ष मुनिका नबालिगदेखि ५० वर्षमाथिका बृद्धसम्मले लागूऔषध सेवन गर्ने गरेको एक तथ्यांकले देखाएको छ । नेपालगञ्ज उपमहानगरपालिकाको आयोजनामा लागूऔषध दुर्व्यसनविरुद्ध काम गर्ने संघसंस्थाहरुले बैशाख २० देखि जेठ १० गतेसम्म गरेको सर्भेक्षणको शुक्रवार सार्वजनिक गरिएको तथ्यांकले यस्तो देखाएको हो । नगरभित्र मात्र […]