नेपालगञ्ज : दुई साता भन्दा बढी घाम नलागेको बाँकेमा सुर्यले दर्शन दिएपछि यहाँका स्थानीयहरुले मंगलवार राहत महशुस गरेका छन् ।
जिल्लाभर १९ दिनपछि घाम लागेपछि नेपालगञ्ज, कोहलपुर, राप्तीसोनारी, डुडुवा, नरैनापुर लगायत अन्य स्थानका मानिसहरु पारिलो घाममा बसिरहेको दृश्य देख्न सकिन्छ । मानिसहरु घरका छत तथा कौसी, घरका आँगन तथा खेतका आलीहरुमा घाम तापिरहेका छन् । घाम लागेपछि मजदुरी गर्ने मजदुरलाई बढी राहत मिलेको छ भने स्कुले विधार्थीहरुलाई पनि पठनपाठनमा सहज बनेको छ ।
घाम नलागेर अत्याधिक चिसोसंगै शीतलहर झेल्दै आएका स्थानीयहरु आज घाम देखेपछि फुरुङ्ग भएका छन् । अत्याधिक चिसोका कारण बाँकेका अधिकांश स्कुल बन्द छन् भने कतिपय स्कुल सन्चालनमा आइसकेका छन् ।
बाँकेमा जाडोमा अधिक जाडो र गर्मीमा पनि अधिक गर्मी हुने ठाउँ हो ।