बैजनाथमा साथीको एकदिने अभिमुखिकरण

२९ बैशाख २०७६, आईतवार १९:३५
 

सदरलाइन /खम्बप्रसाद पुन,
नेपालगञ्ज : मानव बेचबिखन बिरुद्धका ऐन र त्यससंग सम्वन्धित प्रणाली तथा रणनैतिक कार्य योजना सम्बन्धी एक दिने अभिमुखिकरण सम्पन्न भएको छ ।
बाँकेको बैजनाथ गाउँपालिका जनप्रतिनिधि, कार्यपालिका सदस्य बालअधिकार समितिका सदस्यहरु, जनप्रतिनिधिहरु, महिला शाखा, स्वास्थ्य शाखा र वाल संरक्षण समितिका जनप्रतिनिधिलाई मानव बेचबिखन बिरुद्ध रणनैतिक कार्य योजना बनाएर अगाडी बढ्ने उद्देश्यले अभिमुखिकरण गरिएको हो ।
मानव बेचबिखनबिरुद्ध गाउँपालिका र वडा कार्यपालिकाको क्षमता अभिबृद्धि गर्दै मानव बेचबिखन बिरुद्धको अभियानलाई प्रभावकारी बनाउन सरोकारवाला बीच समन्वय गरेर अगाडी बढ्ने जनाईएको छ ।
साथी संस्था बाँकेको आयोजनामा प्लान नेपाल नेपालगञ्जको सहयोगमा एक दिने अभिमुखिकरण कार्यक्रमको आयोजना गरिएको कार्यक्रममा परियोजनाका कार्यक्रम संयोजक दिपकमान श्रेष्ठले बेचविखन विरुद्धकोे परियोजनाको उद्धेश्य बारे प्रष्ट पारेका थिए ।
प्लान नेपाल नेपालगन्जका बाल संरक्षण अधिकृत कमला राईले प्लान नेपालले बाल संरक्षणको क्षेत्रमा कार्य गरिरहेको जानकारी दिइन् । सहजकर्ता कमला पन्तले नेपालको मानव बेचविखन विरुद्ध बनेका नयाँ ऐन, रेफरल प्रणाली तथा बैजनाथ गाउँपालिकाको रणनैतिक कार्ययोजना बारे अभिमुुखीकरण बारे सहजीकरण गर्दैै मुुलुुकी देवानी संहिता, बाल संरक्षण बारे सहभागीहरुलाई जानकारी गराईन् ।
सो कार्यक्रममा प्लान नेपाल ईन्टरनेशनल, काठमाण्डौका कार्यक्रम संयोजक चन्द्रा प्रधान, प्लान नेपाल ईन्टरनेशनल नेपालगन्जका अनुगमन तथा मुल्याङ्कन अधिकृता केशव आर्चायको सहभागिता रहेको साथी संस्थाका सुपरभाईजर रेणुका चन्दले जानकारी दिईन् ।

Next Post

जनशक्ति अभावको कारण गुणस्तरिय सेवाप्रवाहमा कठिनाई

२९ बैशाख २०७६, आईतवार १९:३५
सदरलाइनडटकम, नेपालगञ्ज :  बाँकेको स्थानीय तहका स्वास्थ्य शाखामा जनशक्तिको अभाव भएको कारण स्वास्थ्य क्षेत्रको योजना तथा सेवा प्रवाहमा समस्या उत्पन्न हुने गरेको गुनासो आएको छ । जिल्ला स्वास्थ्य कार्यालय बाँकेको आयोजनामा जिल्ला स्तरिय दोश्रो चौमासिक समीक्षा गोष्ठिका सहभागिले सो गुनासो गरेका हुन । बाँकेका आठवटै स्थानीय तहमा जनशक्ति अभावको कारण […]