८४ वर्षका जेष्ठ नागरिकलाई घरमै निशुल्क स्वास्थ्य सेवा लागू

१७ बैशाख २०७६, मंगलवार ०७:४०
 

सदरलाइनडटकम,
नेपालगञ्ज : पाँच नंम्बर प्रदेश सरकारको समाजिक विकास मन्त्रालयले ८४ वर्ष उमेर पुगेका जेष्ठ नागरिकलाई घरमै पुगेर स्वास्थ्य सेवा दिने निर्णयको कार्यान्वयनका लागि बाँकेबाट सुरु गरेको छ । स्वास्थ्य कार्यालय बाँके र जिल्ला समन्वय समिति बाँकेको सहकार्यमा सो कार्यक्रम लागू गर्नको लागि बाँकेका सबै पालिकाका जनप्रतिनिधि तथा स्वास्थ्यकर्मीलाई एकदिने अनुशिक्षण समेत गरिएको छ ।
बाँकेको जानकी गाउपालिकाबाट सुरु गरिएको अनुशिक्षण बैजनाथ, खजुरा, डुडुवा, नरैनापुर, राप्ती सोनारी गाउपालिका, नेपालगन्ज उप–महानगपालिका र कोहलपुर नगरपालिकाका जन प्रतिनिधि, स्वास्थ्यकर्मी तथा प्रमुख प्रशाशकिय अधिकृतलाई सो एकदिने अनुशिक्षण दिइएको स्वास्थ्य कार्यालय बाँकेका जनस्वास्थ्य अधिकृत रामबहादुर चन्दले जानकारी दिए ।
उनले भने–‘बाँकेको सबै पालिकामा जनप्रतिनिधि र स्वास्थ्यकर्मीलाई ८४ वर्ष पुरा भएका जेष्ठ नागरिकको पहिचान र उनीहरुको उपचार बिधिका बारेमा जानकारी गराईएको छ । यो पहिलो पटक प्रदेशले प्रयोगको रुपमा सुरु गरेको कार्यक्रम हो यसको उपदेयिता र नतिजाहेरेर थप कार्यक्रम ल्याउने छ ।’
जिल्ला समन्वय समिति बाँकेका सदस्य चेतबहादुर घर्तीले ८४ वर्ष पुरा गरेका जेष्ठ नागरिकको लागि घरमै पुगेर निशुल्क स्वास्थ्य सेवा दिने निर्णय प्रदेश सरकारको कार्यक्रम भए पनि हामी सबै स्थानीय तहले त्यसको कार्यान्वयनको लागि आ–आफ्नो क्षेत्रबाट पहल गरिनु पर्ने कुरामा जोड दिदै प्रदेश सरकारले पहिलो पटक यो कार्यक्रम लागू गरेको कारणले पनि यसको सफल कार्यान्वयन गरी जेष्ठ नागरिकको स्वास्थ्यप्रति सचेत हुन आवश्यक रहेको औल्याए ।
कोहलपुर नगरपालिकाका मेयर लुटबहादुर रावतले जनताको चाहाना अनुसारको प्रदेशले कार्यक्रम ल्याएको भन्दै स्वागत गर्दै कोहलपुर नगरपालिकाले ७० वर्षका जेष्ठ नागरिकलाई वर्षमा दुईपटक निशुल्क शिविर राखेर सेवा दिदै आएकोमा ८४ वर्षका जेष्ट नागरिकलाई घरमै पुगेर निशुल्क सेवा दिने कार्यक्रमले राम्रो लोक पृयता पाउने बताए ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका निमित्त प्रमुख प्रेम केसीले प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले ८४ वर्ष उमेर पुगेका जेष्ठ नागरिकलाई महिनामा कम्तिमा पनि दुई पटकसम्म घरमै पुगेर स्वास्थ्य सेवा दिने कार्यक्रम बाँकेका ८ वटै पालिकामा लागू गरिएको बताए ।
अनुशिक्षण पाएपछि पहिलो चरणमा तथ्याङ्क संकलन गर्ने, वडाका जनप्रतिनिधि र स्वास्थ्यकर्मीलाई कार्यक्रमको निर्देशिका बारे जानकारी गराउन अभिमुखिकरण गर्नुका साथै सेवा दिने स्वास्थ्यकर्मीलाई समेत प्रति पटक २ सय ५० रुपैया सुविधा उपलब्ध गराउने नीति रहेको छ ।
सो कार्यक्रममा कोहलपुर–१ क वडा अध्यक्ष गोपिलाल खनालले ८४ वर्षका जेष्ठ नागरिकको लागि प्रदेश सरकारले निशुल्क औषधि कार्यक्रम लागु गरेर आफुहरु प्रति गुन लगाएको बताए । उनले यो कार्यक्रमले जेष्ठ नागरिकको संरक्षण समेत हुने दाबी गरे ।  

Next Post

खाद्य आयात निर्यात प्रणालीलाई सरल तथा सहजता बनाउन माग

१७ बैशाख २०७६, मंगलवार ०७:४०
सदरलाइनडटकम, नेपालगञ्ज : खाद्य आयात निर्यात प्रणालीलाई सरल तथा सहजता बनाउन नेपालगञ्जका व्यावसायिले माग गरेका छन् ।  खाद्य आयात निर्यात तथा गुण नियन्त्रण कार्यालय नेपालगन्जले खाद्य स्वच्छता तथा जनावर र विरुवाको स्वास्थ्य रक्षार्थ आवश्यक एसपिएस प्रावधान सम्बन्धित ऐन नियम, निर्देशिका, कार्यविधिका बारेमा सरोकारवाला बीचको छलफल कार्यक्रमका सहभागिले सो माग गरेका […]