गोकुल सामुदायिकको निर्वाचन हुँदै

७ बैशाख २०७६, शनिबार १८:२४
 

सदरलाइनडटकम,
डुडुवा (बाँके) : बाँकेको डुडुवा गाउँपालिका वडा नं. ३, ४ र ५ स्थित गोकुल सामुदायिक वन उपभोक्ता समूहको शनिवार निर्वाचन हुँदैछ । उम्मेदवारहरुका बीच समहमति नभएपछि आज निर्वाचन हुन लागेको हो । बिहान ८ बजेबाट शुरु भएको निर्वाचनमा मतदानको कार्य सकिएको जनाइएको छ ।
अहिले मगतणनाको कार्य शुरु भएको समूहका कोषाध्यक्ष सूर्यलाल यादवले जानकारी दिए । निर्वाचन समितिका संयोजक महेन्द्र बहादुर शर्माका अनुसार अध्यक्ष पदका लागि बडेलाल यादव र बिजय यादव, उपाध्यक्षका लागि अर्जुन यादव र बंशराज यादव, सचिवमा अनिता यादव र गिता यादव, सहसचिवमा घनश्याम गुप्ता र दुलारी यादव तथा कोषाध्यक्षमा तिर्थराम यादव र खेमलाल खटिकले उम्मेदवारी दिएका छन् ।
निर्वाचनले ११ सदस्यीय कार्यसमिति चयन गर्नेछ । २ वर्षीय कार्यकालका लागि भइरहेको निर्वाचनमा ३ सय ५१ जनाले मतदान गरेका छन् । समूहमा जम्मा ३ सय ५४ उपभोक्ता रहेको निर्वाचन समितिले जनाएको छ ।

Next Post

शुटिङ प्रतियोगिता नेपालगञ्जमा शुरु

७ बैशाख २०७६, शनिबार १८:२४
सदरलाइनडटकम, नेपालगञ्ज : आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत नेपालगञ्जमा शुटिङ खेल शनिवारबाट शुरु भएको छ । सात प्रदेश र दुई विभागीय टोली नेपाल पुलिस र त्रिभुवन आर्मी क्लव गरि ६५ जना खेलाडी सहभागी छन् । २३ औं महिला तथा २४ औं पुरुष शुटिङ प्रतियोगिता शुरु भएको हो । प्रतियोगितामा महिला र […]