पुरुष हक्कीमा प्रदेश ५ सेमिफाइनलमा

३० चैत्र २०७५, शनिबार १४:५२
 

सदरलाइनडटकम,
नेपालगञ्ज : पुरुष हक्की प्रतियोगितामा प्रदेश ५ ले लगातार तेस्रो जीत निकालेको छ । सुदूरपश्चिम प्रदेशलाई २–१ ले पछि पार्दैै प्रदेश ५ ले तेस्रो पटक जितेको हो । प्रदेश ५ का शशी दर्लामीले खेलको १४ औँ मिनेटमा र मनिश गुरुङले ३९ औँ मिनेटमा गोल गरे ।
२५ नं. जर्सीका दर्लामीले पेनाल्टी कर्नरलाई गोलमा परिणत गरेर आफ्नो टिमको खाता खोलेका थिए । लगातार तेस्रो जीत निकाल्दै प्रदेश ५ सेमिफाइनलमा प्रवेश गरेको हक्कीका मुख्य प्रशिक्षक बिजयन्त शर्माले बताए । सोही खेलमा सुदूरपश्चिम प्रदेशका भीमदत्त भट्टले खेलको ४८ औँ मिनेटमा गोल फर्काए ।
शनिवार विहान भएको कर्णाली प्रदेश र प्रदेश १ वीचको खेल बराबरी भएको छ । यो खेलसँगै कर्णाली प्रदेश प्रतियोगिताबाट बाहिरिएको छ । प्रतियोगिताको ५० औँ मिनेटमा कर्णाली प्रदेशका सुशान्त रावतले गोल गरेर खाता खोले । खेलको ५४ औँ मिनेटमा प्रदेश १ का संजय राजवंशीले गोल फर्काएका थिए ।

Next Post

रामनवमी पर्व आज भक्तिपूर्वक मनाईंदै

३० चैत्र २०७५, शनिबार १४:५२
सदरलाइनडटकम, नेपालगञ्ज : चैते दशैं एवं रामनवमी पर्व शनिवार धुमधामसँग मनाइदै छ । चैते दशैंको भोलीपल्ट रामनवमी पर्व मनाइने गरेपनि यस वर्ष दुवै तिथि एकै दिन परेकाले चैते दशैं तथा रामनवमी पर्व एकै दिन मनाइँदै छ । चैते दशैं शक्तिस्वरुपा देवी भगवतीको पूजा आराधना गरी मनाईंदैछ । चैते दशैं हरेक […]

सम्बन्धित