बाँकेमा पहिलो पटक फेन्सिङ्ग खेल

  
  प्रकाशित मितिः बिहिबार, चैत्र २८, २०७५       | 76 Views   ||

सदरलाइनडटकम,
नेपालगञ्ज : आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत नेपालगञ्ज रङ्गशालाको कभर्डहलमा बिहीबारदेखि फेन्सिङ्ग (तरबारबाजी) खेल शुरु भएको छ । काठमाण्डौमा केन्द्रित भएको फेन्सिङ्ग खेल पहिलो पटक राजधानी बाहिर आयोजना भएको हो ।
राष्ट्रिय खेलकुदसँगै फेन्सिङ्गको चौथो राष्ट्रिय प्रतियोगितासमेत शुरु भएको फेन्सिङ्ग एशोसिएशन नेपालका अध्यक्ष सुनिल श्रेष्ठले जानकारी दिए । नेपालमा ९ बर्ष अघिदेखि फेन्सिङ्ग खेल सुरु भए पनि चार वर्षअघि मात्रै राष्ट्रिय खेलकुदमा समावेश भएको हो ।
प्रतियोगितामा प्रदेश १,३,गण्डकी र सुदुरपश्चिम तथा विभागीय टोली आर्मी, नेपाल प्रहरी र सशस्त्र प्रहरी गरि सात टोलीका १२९ जना खेलाडीबीच ३० स्वर्ण पदकका लागि प्रतिष्पर्धा हुने भएको छ । यो खेल वैशाख ४ गते समापन हुनेछ ।

प्रकाशित मितिः बिहिबार, चैत्र २८, २०७५     5:53:49 PM  |