दुई निर्माण व्यावसायीलाई प्रहरीले नियन्त्रणमा लिएर प्रशासनमा बुझायो

१४ जेष्ठ २०७५, सोमबार १७:५७
 

सदरलाइनडटकम  
१४ जेठ, नेपालगन्ज  : केन्द्र सरकारका गृहमन्त्रीले टेण्डर लिएर काम नगर्ने निर्माण व्यावसायीलाई नियन्त्रणमा लिन निर्देशन कार्यान्वयन गर्ने बाँके प्रहरीले दुई जना निर्माण व्यावसायीलाई नियन्त्रणमा लिएर जिल्ला प्रशाशन कार्यालय बाँकेमा बुझाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका सह–प्रवक्ता प्रहरी निरिक्षक रणबहादुर विष्टले गृह मन्त्रालयको निर्देशन अनुसार काम गर्ने ठेक्का कबोल गरेर समयमा काम नगर्ने दुई जना निर्माण व्यवसायीहरुलाई नियन्त्रणमा लिएर जिल्ला प्रशाशन कार्यालय बाँकेमा पठाएको बताए ।


उनले अन्य निर्माण व्यावसायीको खोजी भई रहेको जानकारी दिए ।

प्रहरीले भैरव अरविन्द जेभी नेपालगन्ज, गजुरमुखी निर्माण कम्पनी प्रालिका निर्माण व्यवसायी भारत शाह र राज विल्ड्रस नेपालगन्जका निर्माण व्यवसायी रामाश्रय यादवलाई नियन्त्रणमा लिएर जिल्ला प्रशाशन कार्यालय बाँकेमा पठाएका हो ।

Next Post

उपमहानगरपालिकालाई कर नतिर्ने वाणिज्य संघको धम्की

१४ जेष्ठ २०७५, सोमबार १७:५७
सदरलाइनडटकम १४ जेठ, नेपालगन्ज :  नेपालगन्ज उद्योग वाणिज्य संघले नेपालगनज उपमहानगरपालिकालाई व्यवसायिक कर नतिर्ने धम्की दिएको छ । नयाँ उद्योग दर्ता गर्दा पुरानो कर समेत लिन थालेको भन्दै संघले सोमबार निर्णय नै गरेर कुनै पनि प्रकारको कर नतिर्न उद्योग व्यवसायीलाई आग्रह गरेको हो । उक्त निर्णयले अधिकार सम्पन्न स्थानीय तहलाई […]