कञ्चनपुरमा डुबेर महिलाको मृत्यु

१६ चैत्र २०७५, शनिबार १४:१९
 

सदरलाइनडटकम,
कञ्चनपुर : कञ्चनपुरको वेदकोट नगरपालिका–१ चम्फापुरका २० वर्षीया गर्भवती महिलाको डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा रीना राना भएको प्रहरी जानकारी दिएको छ ।
खोलामा लुगा धुने क्रममा शनिबार बिहान डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले बताए । राना छारेरोगी रहेकाले लुगाधुने क्रममा पानीमा लड्दा उठ्न नसकी मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ ।
रीनाका ससुरा भजौरा रानाले उनी गर्भवती रहेको र छारे रोगको औषधि सेवन गर्दै आएको बताए । स्थानीयले बुहारी डुबेको खबर गरेपछि खोलामा पुग्दा बुहारीको मृत्यु भईसकेको अवस्थामा फेला पारेको उनले बताए ।

Next Post

लोकतन्त्र जनतासम्म पुराउने सेतु स्थानीय तह : काँशीराज दाहाल

१६ चैत्र २०७५, शनिबार १४:१९
सदरलाइनडटकम, नेपालगञ्ज : प्रशासकीय अदालतका अध्यक्ष तथा उच्चस्तरीय प्रशासन अनुगमन आयोगका संयोजक काशीराज दाहालले स्थानीय तह नै लोकतन्त्रको लाभ जनतासम्म पु¥याउने सशक्त माध्यम भएको बताएका छन् । उनले शनिवार नेपालगञ्जमा गाउँपालिका राष्ट्रिय महासंघको आयोजनामा ‘स्थानीय सरकार संचालनको समीक्षात्मक अन्तरक्रिया’मा बोल्दै सो कुरा बताएका हुन । अध्यक्ष दाहालले स्थानीय तहका जनप्रतिनिधिले […]