एकता टुङ्ग्याउन गठित नेकपाको कार्यदल भंग

१० फाल्गुन २०७५, शुक्रबार १५:३७
 

सदरलाइनडटकम,
काठमाण्डौ : नेपाल कम्यनिस्ट पार्टी (नेकपा)ले सांगठनिक एकता टुंगो लगाउने गठित कार्यदल भंग गरेको छ । अब शीर्ष नेताहरु रहेको सचिवालयले सांगठनिक एकताको प्रस्ताव तयार पारेर स्थायी कमिटीमा पेश गर्नेछ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रवार बसेको सचिवालय बैठकले कार्यदलको म्याद थप नगर्ने निर्णय गरेको हो ।
बिहीवारको सचिवालय बेठकमा संयोजक रामबहादुर थापा बादलले पेश गरेको कार्यदलको प्रतिवेदनमा एक साता समय माग गरिएको थियो । बैठकमा बोल्ने कार्यदलका बहुमत सदस्यहरुले पनि म्याद थप्नुपर्ने धारणा राखेका थिए । तर प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले कार्यदल विघटन गर्ने प्रस्ताव गरेका थिए ।
शुक्रवारको सचिवालय बैठकले ओलीकै प्रस्तावअनुसार निर्णय गरेको छ । सचिवालयको बैठकले अहिलेसम्म कार्यदलले गरेको कामको धन्यवाद दिने निर्णय गरेको भन्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले अब प्रस्ताव सचिवालयले तयार गर्ने र स्थायी समितिमा पेश गर्ने निर्णय भएको जानकारी दिए ।

Next Post

राष्ट्रपतिद्वारा तीन वटा विधेयक प्रमाणीकरण

१० फाल्गुन २०७५, शुक्रबार १५:३७
सदरलाइनडटकम, काठमाण्डौ : राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्का दुवै सदनको बैठकबाट पारित तीन वटा विधेयक प्रमाणीकरण गरेकी छन् । नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम राष्ट्रपतिले ती विधेयक प्रमाणीकरण गरेकी हुन् । राष्ट्रपतिबाट शुक्रवार राष्ट्रीय चिकित्सा शिक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५, संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रीय […]