सदरलाइनडटकम,
काठमाण्डौ : राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्का दुवै सदनको बैठकबाट पारित तीन वटा विधेयक प्रमाणीकरण गरेकी छन् । नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम राष्ट्रपतिले ती विधेयक प्रमाणीकरण गरेकी हुन् ।
राष्ट्रपतिबाट शुक्रवार राष्ट्रीय चिकित्सा शिक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५, संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रीय व्यापार नियन्त्रण ऐन,२०७३ लाई संशोधन गर्न बनेको विधेयक, २०७५ र कर्मचारी समायोजन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ प्रमाणीकरण भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
