बाजुरामा मतगणना अनिश्चित

सदरलाइन संवाददाता ११ मंसिर २०७९, आईतवार १४:०४
 

नेपालगञ्ज : बाजुरामा मतगणना अनिश्चित बनेको छ । जिल्लाका विभिन्न मतदान केन्द्रमा नेपाली कांग्रेस र नेकपा (एमाले) का कार्यकर्ताले बुथ कब्जा गरी फर्जी मत खसाएको निर्वाचन आयोगमा उजुरी परेपछि मतगणना अनिश्चित बनेको हो ।

चुनावका बेला एमालेले आफ्नो पहुँच भएको मतदान केन्द्रमा बुथ कब्जा गर्दै मतदानमा सहभागी नभएका र विदेश गएका तथा ज्यान गुमाएका व्यक्तिको नाममा समेत मत हालेको कांग्रेसले आरोप लगाएको छ । कांग्रेसले पाँच मतदानस्थलका १७ मतदान केन्द्रमा पुनः चुनाव गर्न माग गर्दै उजुरी दिएको छ ।


यस्तै नेपाली कांग्रेसको पहुँच भएको मतदान केन्द्रमा कुथ कब्जा गरी विदेश भएका, जागिरको सिलसिलामा जिल्ला बाहिर रहेका र ज्यान गुमाएका व्यक्तिको नामामा समेत मत हालेको आरोपमा एमालेले पनि १७ मतदान केन्द्रमा पुनः चुनावको माग गर्दै आयोगमा उजुरी दिएको छ । कांग्रेस र एमालेले पुनः चुनावका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुरामा उजुरी दिएपछि आयोगले बनाएको छानबिन समिति टोलीले बाजुरा पुगेरै अध्ययन थालेको छ ।

जिल्लामा विभिन्न निकायसँग सुझाव सङ्कलन गरेर टोली आइतवार काठमाण्डौ फर्किने छ । टोलीले बुझाएको प्रतिवेदन पछि निर्वाचन आयोगले उजुरी परेका ठाउँमा गणना गर्ने कि पुनः मतदान गर्ने भन्ने विषयमा निर्णय गर्नेछ । आयोगको निर्णयको पर्खाइमा रहेको जिल्ला निर्वाचन कार्यालय बाजुराका निर्वाचन अधिकारी नवराज अवस्थीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कर्तब्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

११ मंसिर २०७९, आईतवार १४:०४
नेपालगञ्ज : कर्तब्य ज्यान मुद्दामा फरार रहेका एक जनालाई बाँके प्रहरीले पक्राउ गरेको छ । कोहलपुर नगरपालिका वडा नम्बर ४ बेलनपुर बस्ने २२ वर्षीय जमालुदिन बेडुवालई प्रहरीले पक्राउ गरेको हो । उनलाई कर्तव्य ज्यान मुद्दामा सोमबार प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार, बाँके जिल्ला अदालतले २०७८ फागुन २९ गते […]

सम्बन्धित