टि–२० स्म्याशमा नेपाल उपविजेतामै सीमित

५ माघ २०७५, शनिबार १६:१२
 

सदरलाइनडटकम,
काठमाण्डौ : थाइल्याण्ड वुमन्स टि–२० स्म्याशमा नेपाल उपविजेतामा सीमित भएको छ । फाइनलमा आयोजक थाइल्याण्डसँग ७० रनले पराजित भएपछि सिनियर महिला क्रिकेटको पहिलो उपाधि जित्ने नेपालको लक्ष्य पूरा हुन सकेन ।
१२२ रनको लक्ष्य लिएर दोस्रो इनिङ शुरु गरेको नेपालका कुनै पनि ब्याट्सवुमन क्रिजमा जम्न सकेनन् । पहिलो ओभरमा नै ओपनर काजल श्रेष्ठलाई गुमाएको नेपालले दोस्रो ओभरमा इन्दु वर्मालाई गुमाउन पुग्यो । लगातार विकेट पतनको शिकार बनेको नेपालका लागि नेरी थापा र सिता रानामगरले मात्र दोहोरो अंकको रन जोड्न सके ।
नेरीले १७ रन बनाएकी थिइन् भने सिताले १३ रन जोडिन् । नेपालका चार खेलाडीले खाता नै खोल्न सकेनन् । नेपाललाई कम स्कोरमा रोक्नका लागि सुलिपोर्न लाओमीले तीन विकेट लिइन् भने सोनानि टिपोचले दुई विकेट झारिन् । नेपालले अघिल्ला खेलमा जस्तो दरिलो बलिङ गर्न नसक्दा थाइल्याण्डले २० ओभरमा एक विकेट गुमाउँदै १२१ रन बनायो ।
उसका लागि नाटाकान चान्थमले अविजित ६९ रनको अर्धशतकीय योगदान दिइन् । उनले ६७ बलमा चार चौका प्रहार गरेकी थिइन् । नारुमोल चाइवाई २७ रन जोडेर रनआउट भइन् । त्यसपछि क्रिजमा आएकी चान्डिया सुत्थिरुवाङले ११ बलमा १९ रन बनाएकी थिइन् ।

Next Post

सशस्त्र प्रहरीद्वारा ट्रयाक्टरसहित सालको अबैध काठ बरामद

५ माघ २०७५, शनिबार १६:१२
सदरलाइनडटकम, नेपालगञ्ज : सशस्त्र प्रहरी बल नेपाल गण हेडक्वार्टर नम्बर ३० गण बाँकेले सालको अबैध गोलियासहित ट्रयाक्टर नियन्त्रणमा लिई डिभिजन बन कार्यालय बाँकेमा बुझाएको छ । शुक्रावार राती २ बजे भारतबाट अबैध सालको गोलिया काठ नेपाल ल्याउँदै गर्दा डुडुवा गाउँपालिका वडा नं. ६ महन्तपुर्वाबाट ६ थान सालको गोलियाका साथै खजुरा […]

सम्बन्धित