स्थानीय सरकार मनोमानी कर लियो : नेता महत

१ माघ २०७५, मंगलवार १७:३७
 

सदरलाइनडटकम,
रुकुम पश्चिम : नेपाली काँग्रेसका नेता डा. रामशरण महतले स्थानीय सरकारहरुले मनोमानी कर उठाईरहेको आरोप लगाएका छन् । नेपाल प्रेस युनियन पश्चिम रुकुमले चौरजहारीमा गरेको पत्रकार सम्मेलनमा उनले स्थानीय सरकारबजेट मनोमानी रुपमा खर्च गर्दै भ्रष्टाचार बढिरहे पनि संघीय सरकारले नियन्त्रण गर्न नसकेको आरोप लगाए ।
महतले देशमा अराजकता बढेपनि सरकारले सुशासन कायम गर्न नसकेको समेत बताए । देशमा अराजकता र भष्टाचार मौलाउदै गएको बताउँदै उनले सरकारले विकास र सुशासन दिन नसकेको उल्लेख गरे । प्रधानमन्त्री केपी शर्मा वली सानातिना कुरामा अल्झिएको बताउँदै नेता महतले प्रधानमन्त्रीले हरेक कुरामा आफै हस्तक्षेप गरेको बताए ।
अर्को प्रसंगमा उनले वाइडबडी जहाज खरीदमा काँग्रेस सभापति शेरबहादुर देउवा दोषी भए कारबाही हुनुपर्ने धारणा राखे । काँग्रेसका केन्द्रीय सदस्य समेत रहेका नेता महतले उक्त अनियमिततामा संलग्न जोसुकै भएपनि कारवाहीको भागेदार हुनुपर्नेमा जोड दिए ।

Next Post

मारवाडी युवा मञ्चद्वारा नेपालगञ्जमा रक्तदान

१ माघ २०७५, मंगलवार १७:३७
सदरलाइनडटकम, नेपालगञ्ज : माघीको अवसरमा मारवाडी युवा मञ्च नेपालगञ्जले रक्तदान कार्यक्रम गरेको छ । मंगलवार माघीकै दिन आयोजना गरिएको कार्यक्रममा ३५ जनाले रक्तदान गरेका छन् । मञ्चका सदस्य सुनिल कुमार सिंघलका अनुसार हिन्दु तथा मुस्लिम दुबै समुदायका व्यक्तिले रक्तदान गरेका छन् । कार्यक्रममा मारवाडी समुदायका महिलाहरुले समेत रक्तदान गरेका छन् […]

सम्बन्धित