जबर्जस्ती धर्म परिवर्तन स्वीकार्य नहुने : मन्त्री बाँस्कोटा

१० पुष २०७५, मंगलवार १८:०८
 

सदरलाइनडटकम,
काभ्रेपलाञ्चोक : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जबर्जस्ती धर्म परिवर्तन स्वीकार्य नहुने बताउनुभएको छ । बनेपा इसाई समितिद्वारा मंगलवार बनेपामा आयोजित संयुक्त ख्रिष्टमस कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले यस्तो बताएका हुन् ।
उनले नेपाल धर्म निरपेक्ष मुलुक भएकाले राज्यको कुनै धर्म नहुने बताए । धर्म मान्ने विषय व्यक्तिगत स्वतन्त्रता भएको बताउँदै मन्त्री बाँस्कोटाले कसैलाई जबर्जस्ती धर्म परिवर्तन गराउनु गलत भएको जिकिर गरे । उनले धर्म मान्ने विषयमा कसैले कसैलाई छिछि र दूरदूर गर्नु नहुने र कसैको धार्मिक आस्थामाथि विभेद गर्न नपाइने विचार व्यक्त गरे ।
धर्म, जातजाति र भूगोलका आधारमा विभेद गर्न नपाइने कानूनी व्यवस्था रहेको बताउँदै मन्त्री बाँस्कोटाले नेपालको एकता, आपसी सद्भाव भड्काउन कुनै पनि नागरिकलाई छुट नभएको जानकारी दिए ।
राज्यले धार्मिक सहिष्णुता अंगालेको भन्दै मन्त्री बाँस्कोटाले सरकारले हरेक विभेदको अन्त्यको संकल्प गरेकाले धार्मिक विचारमाथि हमला गर्नेलाई राज्यले कारबाही गर्न कुनै कसर बाँकी नराख्ने चेतावनी दिए ।

Next Post

नमूना टोल विकास समिति नेपालगञ्जमा गठन

१० पुष २०७५, मंगलवार १८:०८
सदरलाइनडटकम, नेपालगञ्ज : नेपालगञ्ज उप–महानगरपालिकाका मेयर डा. धवल शम्शेर राणाले वडा नम्बर १ लाई नमूना वडा बनाउन टोलबासीसँग आग्रह गरेका छन् । वडामा तपाईहरुले क्षमतावान युवाहरुलाई निर्वाचित गरी पठाउनु भएको छ, टोल विकास समितिका लागि आयोजित दुई दिने अभिमुखिकरण कार्यक्रमको मंगलवार उद्घाटन गर्दै उनले यस्तो आग्रह गरेका हुन् । धम्बोझीमा […]