प्रथम टेक्निकल सेमिनार नेपालगञ्जमा शुरु

  
  प्रकाशित मितिः शनिबार, पुस ७, २०७५       | 56 Views   ||

सदरलाइनडटकम,
नेपालगञ्ज : बाँके जिल्ला प्रथम टेक्निकल सेमिनार कार्यक्रम शनिवारबाट नेपालगञ्जमा शुरु भएको छ । बाँके जिल्ला आइटी एफ तेक्वाण्दो संघको आयोजनामा दुई दिने जिल्ला प्रथम टेक्निकल सेमिनार कार्यक्रम शुरु भएको हो ।
प्रादेशिक खेलकुद विकास समिति प्रदेश नं. ५ अध्यक्ष भिम ओलीले टेक्निकल सेमिनारको उद्घाटन गरे । उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले आइटी एफ तेक्वाण्दोका खेलाडीहरुलाई क्षमता र सिपमा अझ निखार ल्याउन यस्तो खालको सेमिनार आवश्यक रहेको बताए । नेपालगञ्जमा हुने मिशन आठौं राष्ट्रीय खेलकुदलाई दृष्टिगत गर्दै यस्ता खेललाई अझ प्रथामिकता दिन आवश्यक रहेको उनले बताऐ ।
यसमा बाँके लगायत प्रदेश नं. ५ का सम्पुर्ण जिल्लाका खेलाडीले मिसन आठौंलाई साझा प्रतियोगिताको माध्यमबाट अगाडी बढ्न आवश्यक रहेकोमा जोड दिँदै उनले आठौ राष्ट्रीय खेलकुद तोकिएको समयमै सम्पन्न हुने कुरामा आस्वस्त पारे । शनिवार र आइतवार चल्ने दुई दिने सेमिनार कार्यक्रममा ह्वाईट वेल्ट, व्लायक बेल्टदेखि फोर डनसम्मका ११५ जना खेलाडीहरुको सहभागिता छ ।

प्रकाशित मितिः शनिबार, पुस ७, २०७५     5:56:48 PM  |