२५ टन खेसरीको दाल बरामद

१३ बैशाख २०७५, बिहीबार १७:२२
 

सदरलाइनडटकम
१३ बैशाख, काेहलपुर (बाँके)  : प्रहरीले बाँकेको कोहलपुरबाट ठूलो परिमाणमा अबैध खेसरी (अँकरा) को दाल बरामद गरेको छ । ५ नंम्बर प्रदेश अन्तरगत क्षेत्रीय अनुसन्धान ब्यूरो र जिल्ला प्रहरी कार्यालय बाँकेको संयुक्त टोलीले बर्दिया ठाकुरबाबा नगरपालिका वडा नम्बर ३ बर्दियाका बलबहादुर भण्डारीको ट्रकबाट अबैध खेसरीको २५ टन दाल बरामद गरेको हो ।
प्रहरीले दिएको जानकारी अनुसार बुधबार राती १० बजे कोहलपुरको क्षेत्रीय ट्राफिक कार्यालय नजिकबाट ना ७ ख ६३२८ नम्बरको ट्रकमा लोड गरेर नारायणगढ लैजाँदै गर्दा नियन्त्रणमा लिइएको हो ।
नेपाल सरकारले खेसरी(अंकरा)को दाललाई अखाद्य बस्तु भन्दै दाल बिक्रि बितरण र उब्जाउमा समेत रोक लगाइएको अनुसन्धान ब्यूरोका प्रमुख प्रहरी निरिक्षक अरुणकुमार सिंहले जानकारी दिए । अबैध खेसरीको दाललाई हरेक खाद्य पदार्थमा मिसाउनका लागि प्रयोग गरिने भएकाले चितवन लगिँदै गरेको खुल्न आएको सिंहले दाबी गरे ।
ट्रक र ट्रक चालक दिपेन्द्र गिरीलाई नियन्त्रणमा लिएर ट्रक सहित सो दाल क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको कार्यालय नेपालगन्जमा बुझाईएको छ ।

 


Next Post

बाढी पुर्वसुचना प्रणालीले क्षति न्युनिकरण

१३ बैशाख २०७५, बिहीबार १७:२२
सदरलाइनडटकम १३ बैशाख, नेपालगन्ज : बाढी पुर्वसुचना प्रणालीका कारण क्षति न्युनिकरणमा मद्धत पुगेको एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । नेपालगन्जमा विहिवारबाट सुरु भएको पुर्वानुमानमा आधारित बाढि पुुर्व तयारी कार्य सन्चालन विधिको समिक्षा र प्राविधिक तालिमको उद्घाटन कार्यक्रममा बोल्ने वक्ताहरुले यस्तो बताएका हुन् । कार्यक्रममा बोल्दै बाँकेका प्रमुख जिल्ला अधिकारी रमेश […]

ताजा अपडेट