प्रतिमा शर्माको एमबिबिएस पढ्नको लागि निरन्तर सहयोग जुट्दै

१४ मंसिर २०७५, शुक्रबार १८:३४
 

सदरलाइनडटकम
नेपालगञ्ज  : सरकारी विद्यालयमा अध्ययन गरेर विपन्न परिवारमा हुर्केकी बांँके खजुराकी प्रतिमा शर्माको एमबिबिएस अध्ययनको लागि सहयोगी हातहरु थपिने क्रम बढ्दो छ ।
उनले एमविविएस अध्ययनका लागि एक नम्बरमा नाम निकालेपछि उनको अध्ययनका लागि आवश्यक पर्ने रकम अभाव हुन नदिनको लागि विभिन्न क्षेत्रबाट सहयोग जुट्ने क्रम जारी रहेकाे हाे ।
उनको अध्ययनका लागि खजुरा गाउँ नै सहयोग संकलनमा जुटेको अभियानलाई सहयोग गर्दै सांसद पुर्णाकुमारी सुवेदीले शुक्रवार प्रतिमालाई २० हजार रुपैया आर्थिक सहयोग गरेकी छन् । सांसद तथा कृषि,सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति सुवेदीले प्रतिमालाई होस्टल ब्यवस्थापनका लागि पनि आफुले सहयोग गर्ने प्रतिवद्धता जनाएकी छन् ।
विपन्न परिवारमा जन्मिएर पनि गाउँकै सेवा गर्ने अठोटका साथ एमविविएस अध्ययन गर्न लागेकी प्रतिमाको चाहले आफु प्रभावित भएको भन्दै सुवेदीले अभिभावक सम्झेर आफुलाई परेको समस्याका बारेमा जानकारी गराउन प्रतिमालाई आग्रह गरिन् ।
यसैगरी उनको पढाईको लागि उनी पढेको विद्यालय ज्ञानोदय नमुना माबि खजुराले शिक्षक, कर्मचारी ,विद्यार्थी र ब्यबस्थापन समितिको तर्फबाट रु एक लाख छ हजार छ सय चौछ्ठी सहयोग गरेका छन् ।
उनको पढाईको लागि मासिक तलबभत्ता सामाजिक कार्यमा खर्च गर्दै आएका नेपालगञ्ज उप–महानगरपालिकाका मेयर डा। धवल शम्शेर राणाले शुक्रबार एक महिनाको तलब र भत्ता गरी ५० हजार रुपिया सहयोग गरेका छन् । प्रतिमाका बुवा मदन ढुंगाना र आमा सीतादेवी शर्मालाई शुक्रबार निवास मै पुगेर रकम हस्तान्तरण गरेका हुन ।  

Next Post

बाँकेबाट आठौंकाे लागि भारोत्तोलन खेलका खेलाडीहरु छनोट

१४ मंसिर २०७५, शुक्रबार १८:३४
सदरलाइनडटकम, नेपालगञ्ज  : आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत प्रादेशिक खेलका लागि बाँके जिल्लाबाट भारोत्तोलन खेलका खेलाडीहरु छनोट गरिएको छ । शुक्रबार नेपालगञ्ज रंगशाला परिसरस्थित भोरोत्तोलन जीममा भएको छनोट खेलबाट पुरुषतर्फ ९ तथा महिला तर्फ ३ जना खेलाडी छानिएका छन । मध्यपश्चिम खेलकुद विकास समिति नेपालगञ्जका उपाध्यक्ष नरेन्द्र थापाले दिएको जानकारी […]

सम्बन्धित