बढैयातालमा निःशुल्क स्वास्थ्य शिविर, पाँचसयले सेवा लिए

९ मंसिर २०७५, आईतवार १८:०८
 

सदरलाइनडटकम,
बढैयाताल (बर्दिया) : बर्दियाका ग्रामीण भेगका बालबालिकाहरु फोहर पानी भएको पोखरीमा पौडी खेल्ने र नुहाउने गरेको कारण अधिकाँश बालबालिकाको कानमा स्वास्थ्य समस्या सिर्जना भएको तथ्य बाहिर आएको छ ।
बर्दियाको बढैयाताल गाउँपालिका–४ को खैरेनी गाउँमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा स्वास्थ्य परीक्षणका लागि आएका बालबालिकाहरु मध्यको अधिकांशको कानमा समस्या देखिएको हो ।
नेपालगन्ज मेडिकल कलेज, कोहलपुरका बालरोग विज्ञ डा.अनुप सिंहका अनुसार शिविरमा आएका अधिकाँश बालबालिका फोहर पानीले नुहाउँदा पानी पसेर कानमा समस्या देखिएको जानकारी दिए ।
‘पटक–पटक रुघा लागेर समयमा उपचार नपाएको कारण बालबालिकामा कान पाकेको र लामो समय कान पाक्यो भने श्रवण शक्ति ¥हास हुँदै जाने र पठनपाठनमा समेत समस्या उत्पन्न हुँदै जान्छ’– डा सिंहले भने ।
ग्रामीण आर्थिक सामाजिक उत्थान केन्द्र बाँके अन्तर्गत सामुदायिक स्वास्थ्य सेवा केन्द्रको आयोजनामा सम्पन्न सो शिविरमा आएका सर्वसाधारणलाई चिकित्सकहरुबाट स्वास्थ्य परीक्षण गराएर निःशुल्क औषधि समेत वितरण गरिएको थियो ।
केन्द्रकी अध्यक्ष लता शर्माले दिएको जानकारी अनुसार शनिवार विहान १० बजेदेखि साँझसम्म सञ्चालित सो शिविरबाट गेरुवा गाउँपालिका अन्तर्गतका ३३६ जना महिला र १६१ जना पुरुष समेत ४९७ जना सर्वसाधारण स्वास्थ्य सेवाबाट लाभान्वित भएका थिए भने सबभन्दा कम उमेर ३ महिनाको बालबालिकादेखि ८६ वर्षिय वृद्ध तथा ८० वर्षिया महिलाले स्वास्थ्य परीक्षण गराएर निःशुल्क औषधि प्राप्त गरे ।
सो शिविरमा स्वास्थ्य परीक्षणमा नेपालगन्ज मेडिकल कलेज, कोहलपुरका डा नेत्रप्रसाद बन्जाडे, डा क्योक्यो सिंह, बढैयाताल गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष कर्णबहादुर थापा, बढैयाताल गाउँपालिका स्वास्थ्य शाखा इञ्चार्ज डा. विष्णुप्रसाद पौडेल, सहइञ्चार्ज रमेश पौडेल, वडा सदस्यहरु रामाश्रय थारु, कमला गुरुङ, कौशिला विक, रामलाल थारु, युवा अगुवा रमेश सुवेदीलगायतको सक्रिय सहयोग र सहभागिता रहेको थियो ।   

Next Post

दिवंगत वडा अध्यक्ष थारुलाई काँग्रेसका केन्द्रीय नेताले ओडाए पार्टी झण्डा

९ मंसिर २०७५, आईतवार १८:०८
सदरलाइनडटकम, कोहलपुर, (बाँके) : हृदयघातका कारण मृत्य भएका बाँके कोहलपुर नगरपालिका वडानं. ६ का वडा अध्यक्ष रामरोशन थारुलाई नेपाली काँग्रेसका केन्द्रीय नेताहरुले पार्टीको झण्डा ओडाई श्रद्धाञ्जली दिएका छन् । पार्टीले आईतबार नै कोहलपुरमा आयोजना गरेको नगरस्तरिय आमसभा समेत वडा अध्यक्ष थारुको मृत्यु पछि स्थागित गरि शोक सभा उनकै घरमा आयोजित […]

ताजा अपडेट