लागुऔषधसहित बाबागन्जबाट एकजना पक्राउ

सदरलाइन संवाददाता २७ जेष्ठ २०७९, शुक्रबार १५:५१
 

नेपालगञ्ज : भारतको बाबागन्जबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मो. इस्लाम रहेको रुपईडिहा थाना प्रभारी निरीक्षक श्रीधर पाठकले बताए ।

इस्लामको साथबाट १ सय ४८ ग्राम ब्राउन सुगर, एक थान मोवाइल एउटा मोटरसाइकल र नगद ७ हजार बरामद भएको छ ।


उक्त लागुऔषधको मूल्य करिव ७० लाख रहेको प्रहरीले बताएको छ । थप अनुसन्धानका लागि उनलाई बहराइच चलान गरिएको प्रहरीले जनाएको छ ।

राती गस्तिमा हिँडेको भारतीय एसएसबी र रुपईडिहा थानाबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । उनले भारतबाट नेपालमा लागुऔषधको कारोवार गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बैजनाथले पनि दियो गर्मी विदा

२७ जेष्ठ २०७९, शुक्रबार १५:५१
नेपालगञ्ज : अत्याधिक गर्मीका कारण बाँकेको बैजनाथ गाउँपालिकाले पनि गर्मी विदा दिएको छ । पालिकाभित्र रहेका सम्पूर्ण सरकारी तथा संस्थागत विद्यालयमा तीन दिनका लागि गर्मी विदा दिइएको बैजनाथ शिक्षा, युवा तथा खेलकुद शाखाका शाखा अधिकृत विश्वराज ढकालले जानकारी दिए । उनका अनुसार यही जेठ ३० गतेदेखि असार १ गतेसम्मका लागि […]