ग्यास बोकेको ट्यांकर पल्टियो, दुईको मृत्यु

२५ कार्तिक २०७५, आईतवार १४:३५
 

सदरलाइनडटकम,
काठमाण्डौ : खाना पकाउने ग्यास बोकेको ट्यांकरले पृथ्वीराजमार्गको बेनिघाट रोराङ गाउँपालिका वडा नं. ५ विशालटारमा आइतवार ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।
ठक्कर दिने क्रममा ट्यांकर पल्टेको र ट्यांकरबाट ग्यास चुहिएपछि त्यस क्षेत्रमा खतरासमेत बढेको छ । भारतबाट काठमाण्डौ आउदै गरेको यू पी ७५ एजे ५२०८ नम्बरको ट्यांकरले सडक किनारामा हिँडिरहेका बेनिघाट रोराङ गाउँपालिका वडा न. ५ की २१ वर्षीया सुनिता नेपाली र उनकी आमा ३५ वर्षीया गीता नेपालीलाई ठक्कर दिँदा ग्यास बुलेट पल्टिएको थियो भने नेपाली आमा–छोरी घाइते भएका थिए ।
घाइते भएका आमा छोरीको गजुरी प्राथमिक स्थास्थ्य केन्द्रमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक श्यामकुमार महतोले बताए ।
दुर्घटनाग्रस्त ग्यास बुलेट बाटोबाट करिब २० मिटर तल पुगेको छ । प्राविधिक टोलीको सहयोगमा चुहिएको ठाउँमा टाल्ने काम भईरहेकोे जनाएको प्रहरीले छ ।

Next Post

इबोलाका कारण कंगोमा मर्नेको संख्या दुई सय नाघ्यो

२५ कार्तिक २०७५, आईतवार १४:३५
सदरलाइनडटकम, काठमाण्डौ : अफ्रिकी देश प्रजातान्त्रिक गणतन्त्र कंगोमा फैलिएको इबोला महामारीका कारण ज्यान गुमाउनेको संख्या दुई सय नाघेको छ । कंगोका स्वास्थ्य अधिकारीका अनुसार देशमा फैलिएको इबोलामा महामारी अहिले थप जोखिमयुक्त बन्दै गएको छ । उत्तरी किभु क्षेत्रको बेनी शहर सबैभन्दा बढी प्रभावित भएको छ । ज्यान गुमाउनेमा आधा भन्दा बढी […]