सदरलाइनडटकम,
नेपालगञ्ज : नेपाली गीत संगीतको क्षेत्रमा फेरी एउटा हावा चलेको छ । दिनप्रतिदिन नयाँ कलाकारहरु जन्माईरहेको साँगितिक क्षेत्रले फेरी नयाँ गायक जन्माएको छ । नव गायक भुवन भट्टराईले आफ्नै शब्द संगीतमा नयाँ गीत सार्वजनिक गरेका छन । गायिका टिका पुनसँग मिलेर गायक भट्टराईले ‘चल्यो हावा चल्यो’ बोलको गित सार्बजनिक गरेका हुन ।
हिम सम्झौता डिजीटलको प्रस्तुती रहेको ‘चल्यो हावा चल्यो’ बोलको गितको म्यूजिक भिडियोसमेत सार्वजनिक गरिएको छ । मौसम हिमालीको निर्देशकमा रहेको यो गितको म्युजिक भिडियोको छायांकन हरिष महराले गरेका हुन, भने गितको एरेन्जर गायक केशव बडुले गरेका छन् । गितको म्यूजिक भिडियोमा धुर्व हिमाली र ममता राना मगरको अभिनय रहेको छ ।
