भारत अधीनस्थ काश्मिरका प्रहरी अधिकारीद्वारा राजिनामा दिँदै

६ आश्विन २०७५, शनिबार १६:१६
 
File Photo

सदरलाइनडटकम,
काठमाण्डौ : भारत अधीनस्थ काश्मिरका केही प्रहरी अधिकारीहरुले असुरक्षाको कारण देखाई राजिनामा दिएका छन् । सो क्षेत्रका दुई दर्जन प्रहरी अधिकारीले राजिनामा दिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । पछिल्लो समय सशस्त्र हतियारधारी समूहका तर्फबाट भारतीय प्रहरीमाथि आक्रमण बढेको भन्दै उनीहरुले प्रहरी सेवा छोड्न इच्छुक रहेको बताएका हुन् ।
त्यहाँ अज्ञात समूहले आक्रमण बढाएका छन् । पछिल्ला केही दिनयता ती समूहले गरेको आक्रमणबाट तीनजना वरिष्ठ प्रहरी अधिकारी मारिएका छन् । हमलापछि प्रहरीमा असुरक्षाको त्रास बढेका कारण प्रहरी अधिकारीहरुनै प्रहरी सेवामा रहेर काम गर्न नसक्ने बताउन थालेका छन् ।
भारतीय गृहमन्त्रालयले भने उक्त समाचारको खण्डन गरेको छ । मन्त्रालयले प्रहरी अधिकृतहरुबाट त्यस्तो राजिनामा नआएको जनाएको छ । भारतीय प्रहरी अधिकारीहरुले असुरक्षाका कारण काश्मिरमा काम गर्न नसकेको भन्दै जागिरबाट आफुहरुलाई मुक्ति चाहिएको भिडियोसमेत सार्वजनिक गरेका छन् ।
भिडियोले सामाजिक सञ्जालमा भाइरल भएपछि मन्त्रालयको तर्फबाट यस्तो प्रतिक्रिया आएको हो । भारतको गृहमन्त्रालयले शनिवार विज्ञप्ति प्रकाशित गर्दै समाचारको खण्डन गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
(एजेन्सीको सहयोगमा)

Next Post

छक्का पञ्जा तीनको ट्रेलर रिलीज

६ आश्विन २०७५, शनिबार १६:१६
सदरलाइनडटकम, काठमाण्डौ : हास्य विधामा बनेको चलचित्र छक्का पञ्जा ३ को ट्रेलर रिलीज भएको छ । साथै चलचित्र रिलीजको घोषणासमेत गरिएको छ । चलचित्र छक्का पञ्जा ३ असोज २४ गते घटस्थापनाका दिनदेखि नेपालभर एकसाथ प्रदर्शन हुने भएको छ । ट्रेलरमा चलचित्रका मुख्य कलाकार दिपकराज गिरी, जितु नेपाल, केदार घिमिरे, बुद्धि तामाङ, […]