बाँकेमा कृषि ज्ञान र पशु सेवा विज्ञ केन्द्र सञ्चालनमा

२८ भाद्र २०७५, बिहीबार १८:११
 

सदरलाइनडटकम ,
नेपालगञ्ज  : कृषि ज्ञान केन्द्र, भेटरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र विहीबार नेपालगञ्जमा उद्घाटन गरी सञ्चालनमा ल्याईएको छ । बाँकेमा साविकको कृषि विकास कार्यलयलाई प्रतिस्थापन गरी कृषि ज्ञान केन्द्र र जिल्ला पशु सेवा कार्यलयलाई पतिस्थापन गरि भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र स्थापना गरिएको हो ।
बिहीबार एक कार्यक्रमका बीचमा प्रदेश नं.५ मा बाँकेबाट निर्वाचित सांसद कृष्णा केसी नमुना, बाबुराम गौतम र सुरेन्द्र हमालले संयुक्तरुपमा केन्द्रको उद्घाटन गरेका हुन ।
प्रदेश सरकार मातहत रहने केन्द्रबाट कृषि तथा पशुपालनको लागि आवश्यक प्राविधिक ज्ञान, तालिम र सुचना प्रसार लगायतका सेवा प्रवाह गरिने सो ज्ञान केन्दका्र प्रमुख वरिष्ठ कृषि विकास अधिकृत सागर ढकालले जानकारी दिए ।
बाँके र बर्दियालाई कार्यक्षेत्र बनाएर बाँकेको नेपालगञ्जमा कृषि ज्ञान केन्द्र र भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र सञ्चालन गरिएको हो ।
वरिष्ठ कृषि विकास अधिकृत ढकाललाई कृषि ज्ञान केन्द्रको कार्यालय प्रमुखको जिम्मा दिइएको छ । त्यसैगरी डा. हरीबहादुर कुंवरलाई भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रको कार्यालय प्रमुखको जिम्मेवारी दिइएको छ ।
केन्द्रको उद्घाटन कार्यक्रममा बोल्दै प्रदेश ५ का प्रदेशसभा सदस्य नमुनाले अध्ययन, अनुसन्धान र उपचारका लागि केन्द्र प्रभावकारी बन्ने आशा व्यक्त गरीन ।
सो कृषि ज्ञान केन्द्रमा १६ जना, र भेटेरिनरि अस्पतालमा १४ जना कर्मचारीको दरबन्दी कायम गरिएको छ ।

Next Post

खेलकुद नारामा मात्र सीमित रहेको डोजो अध्यक्ष गुरुङको गुनासो

२८ भाद्र २०७५, बिहीबार १८:११
सदरलाइनडटकम, नेपालगञ्ज : मंगोलियन जुडो डोजो खजुराका अध्यक्ष विजयकुमार गुरुङले स्वास्थ्यका लागि खेलकुद र राष्ट्रका लागि खेलकुद’ भन्ने भनाई नारामा मात्र सीमित रहेको बताएका छन् । नगरदेखि गाउँपालिकासम्म र विद्यालयहरुमा समेत नाराबाहेक खेलाडीहरुलाई सेवा सुविधा उपलब्ध नगराईएको गुनासो गर्दै अध्यक्ष गुरुङले मंगोलियन जुडो डोजोले राष्ट्रको नाममा ८ वटा मेडलसहित ४ वटा […]