धर्मा प्रोडक्शनको फिल्मबाट तारा सुतारिया डेब्यु गर्दै

२२ भाद्र २०७५, शुक्रबार १४:२४
 

सदरलाइनडटकम,
काठमाण्डौ : करण जोहरको ब्यानरमा निर्माण भईरहेको फिल्म ‘स्टुडेन्ट अफ द इयर २’ बाट बलिउड डेब्यू गरेकी अभिनेत्री तारा सुतारिया अभिनेता शाहिद कपुरको नयाँ फिल्म ‘अर्जुन रेड्डी’बाट आउट भएकी छिन् ।
यसअघि शाहिदको जोडीका लागि तारालाई साइन गरिएपनि अब उनको ठाउँमा नयाँ अभिनेत्री आउँदै छिन् । शाहिद भर्खरै दोस्रो सन्तानका बुवा बनेकाले फिल्मको छायाँकन डेटमा फेरबदल गरिएको छ । फिल्मको डेट परिवर्तनसँगै तारालाई उक्त फिल्ममा समय दिन समस्या भएकोले निर्माता र ताराबीच भएको समझदारीमा योस्तो निर्णय भएको हो । यस फिल्मकी नयाँ अभिनेत्रीका बारेमा केही खुलाइएको छैन ।
फिल्म छायाकंनका लागि शाहिदले अहिले आफ्नो लुक परिवर्त गरिरहेका छन् । ताराको हातबाट ठूलो प्रोजेक्ट फुस्किए पछि उनी धर्मा प्रोडक्शनको ब्यानरमा निमार्ण हुने ‘स्टुडेन्ट अफ द ईयर २’ मार्फत अभिनेता टाइगर श्राफका साथ डेब्यु गर्दैछिन् ।


Next Post

निर्मलाको हत्याराले उन्मुक्ति नपाउने महानिरीक्षक खनालको दाबी

२२ भाद्र २०७५, शुक्रबार १४:२४
सदरलाइनडटकम, कञ्चनपुर : नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले निर्मला पन्तको हत्यारालाई उन्मुक्ति नमिल्ने दाबी गरेका छन् । शुक्रवारदेखि भीमदत्तनगरबाट शुरु हुने महिला हिंसा न्युनीकरण एवं मानवअधिकार संरक्षणसम्बन्धी राष्ट्रिय अभियान कार्यक्रममा सहभागी हुन महेन्द्रनगर आएका उनले सञ्चारकर्मीहरुसँगको कुराकानीमा अपराधीलाई कानूनको दायरामा ल्याएरै छाड्ने प्रतिबद्धता जनाए । घटनाको अनुसन्धान भईरहेको भन्दै प्रहरी महानिरीक्षक […]