एशिया कप छनोटबाट नेपाल बाहिरियो

१९ भाद्र २०७५, मंगलवार १५:१२
 

सदरलाइनडटकम,
काठमाण्डौ :  हङकङसँग पराजित भऐपछि नेपाल एशिया कप छनौटबाट बाहिर भएको छ । मलेशियाको राजधानी क्वालाम्पुरको ओभल मैदानमा जारी एसीसी क्वािलफायरमा नेपाल अन्तिम खेलमा पराजित भएपछि बाहिर भएको हो ।
हङकङले नेपाललाई तीन विकेटले पराजित गरेको छ । नेपालले दिएको ९५ रनको सामान्य लक्ष्य हङकङले ७ विकेट गुमाउँदै साढे ३२ ओभरमै लक्ष्य भेटाएको थियो । नेपालले बलिङको राम्रो प्रदर्शन गरेपनि ब्याटिङमा कमजोर हुँदा पभेलियन फर्किनु परेको हो ।
छनौट खेलमा सहभागी मलेशिया र सिंगापुर यसअघिनै घर फर्किसकेका थिए । एशिया कपको फाइनलमा ओमान, युएइ र हङकङमध्ये दुई टीम पुग्ने छन् ।

Next Post

कञ्चनपुरमा फेरी बलात्कारको प्रयास

१९ भाद्र २०७५, मंगलवार १५:१२
सदरलाइनडटकम, कञ्चनपुर : जबरजस्ती करणी गर्न खोजेको आरोपमा कञ्चनपुरमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ । बेदकोट नगरपालिका– १ रडहाका १७ बर्षीया बालिकालाई बलात्कर गर्न खोजेको आरोपमा स्थानीय २२ वर्षीय तारी भट्टलाई प्रहरीले पक्राउ गरेको हो । कृष्णजन्माष्टमीका दिन शिवालयमा कीर्तन गर्न गएकी किशोलाई उनले बलात्कार गर्न खोजेको पीडितले आरोप लगाएका छन् […]