चिकित्सक आन्दोलित, आकस्मिकबाहेकका सेवा ठप्प

१७ भाद्र २०७५, आईतवार १४:५२
 

सदरलाइनडटकम,
नेपालगन्ज : आकस्मिकबाहेकका स्थास्थ्य सेवा बन्द गरी आइतवार बाँकेका चिकित्सकहरु आन्दोलित भएका छन् । आफुहरुको मागप्रति सरकार गम्भीर नभएको भन्दै डाक्टरहरु आन्दोलित भएका हुन् । मुलुकी अपराध संहिता ऐन २०७४ संशोधनको माग गर्दै नेपाल चिकित्सक संघ, चिकित्सक समाजलगायत विभिन्न संघसंस्थाको अगुवाइमा बाँकेका चिकित्सकहरू आन्दोलनमा उत्रिएका हुन् ।
आकस्मिक सेवाबाहेकका सेवा ठप्प गरी जिल्लाका डाक्टरहरू भेरी अञ्चल अस्पतालबाट र्याली निकाली जिल्ला प्रशासन कार्यालयमा पुगेर प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएका छन् ।
चिकित्सकहरूले मुलुकी अपराध संहितामा रहेको इलाजसम्बन्धी कसुरमा चिकित्सकलाई अपराधीको संज्ञा दिइएको भन्दै ऐन संशोधनको माग गर्दै आएका छन् । चिकित्सकहरुले आफ्ना माग सम्बोधन नगरिए शुक्रबारसम्म बिभिन्न बिरोधका कार्यक्रम गरिने चेतावनीसमेत दिएका छन् । फौजदारी संहिताका कतिपय प्रावधान संशोधन र केहि प्रावधान खारेज गर्न सरकारलाई दिइएको १५ दिनको समय सकिएपनि सरकार गम्भीर नभएकोले आन्दोलनमा उत्रिनुपरेको डा. बिनोद कर्णले जानकारी दिए ।


६ हजार डक्टरहरुले बुझाए लाइसेन्स
नयाँ मुलुकी ऐन संशोधन गर्न माग गर्दै ६ हजार डाक्टरहरुले आफ्नो लाइसेन्स नेपाल मेडिकल काउन्सिलमा बुझाएका छन् । काठमाण्डौको माइतीघर मण्डलामा प्रदर्शन गरेपछि चिकित्सकहरुले मेडिकल काउन्सिलको कार्यालयमा पुगेर ६ हजार डाक्टरको लाइसेन्स काउन्सिललाई बुझाएका हुन् । नेपाल चिकित्सक संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले मेडिकल काउन्सिलका कार्यवाहक अध्यक्ष नारायण थापालाई लाइसेन्स बुझाएको डा. बद्री रिजालले बताए ।
नयाँ मुलुकी ऐनमा बिरामीको उपचारमा लापरवाही गर्ने चिकित्सकलाई ५ वर्ष जेल सजाय र ५० हजार रुपैयाँसम्म जरिवाना हुनसक्ने व्यवस्था गरिएपछि डाक्टरहरुले जोखिम लिएर बिरामीलाई बचाउन नसकिने भन्दै आन्दोलित भएका हुन् । चिकित्सकहरुको आन्दोलनका कारण आइतवार देशभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सेवा ठप्प छन ।

Next Post

जन्माष्टमी पर्व हर्षोल्लासका साथ मनाईंदै

१७ भाद्र २०७५, आईतवार १४:५२
सदरलाइनडटकम, नेपालगन्ज : श्रीकृष्ण जन्माष्टमी पर्व आइतवार देशभर भगवान कृष्णको पूजा गरी मनाइँदै छ । भाद्र कृष्ण अष्टमीका दिन मनाइने कृष्ण जन्माष्टमीका अवसरमा देशभरका कृष्ण मन्दिरमा श्रद्धालुको भीड रहेको छ । नेपालगन्जको बागेश्वरीलगायतका मन्दिरहरुमा पनि भक्तजनको घुईंचो छ । श्रद्धालुहरुले आइतवार व्रत बसेर भगवान् श्रीकृष्णको पूजा आराधना गरी जन्माष्टमी पर्व श्रद्धाभक्तिपूर्वक […]