आधाकिलो चरेशसहित रोल्पा मिरुलकी बुढा भारतमा पक्राउ

सदरलाइन संवाददाता ३० भाद्र २०८१, आईतवार १८:०२
 

नेपालगञ्ज : प्रतिबन्धित लागुऔषध चरेशसहित एक नेपाली महिला भारतीय सीमावर्ती बजार रुपाईडिहामा पक्राउ परेकी छन् । भारतीय प्रहरीले ती महिलाका साथबाट आधाकिलो चरेश बरामद गरेको जनाएको छ ।

रुपईडिहा थाना ईञ्चार्ज शम्शेर बहादुर सिँह र एसएसबी ४२औं बाहिनीका उप कमाण्डेन्ट रमनलालको संयुक्त टोलीले खानतलाशी गर्दा ५ सय ग्राम चरेशसहित रोल्पा मिरुल वडानं. ४ बस्ने सीताकुमारी बुढालाई नियन्त्रणमा लिएको हो ।


बुढाका साथबाट बरामद गरिएको गरिएको चरेशको अन्तर्राष्ट्रिय मूल्य १५ लाख रहेको एसएसबी ४२औं वाहिनीका कमाण्डेन्ट गंगा सिँह उदावतले दाबी गरे ।

भारतीय प्रहरीको नियन्त्रणमा रहेकी बुढा र बरामद चरेश माथि आवश्यक कारवाहीको लागि भारतीय अदालत बहराइच पठाइएको त्यहाँबाट सहकर्मी सन्तोष शुक्लाले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

संविधान दिवसलाई जनस्तरबाट भब्य रुपमा मनाउन मुख्यमन्त्री आचार्यको आह्वान

३० भाद्र २०८१, आईतवार १८:०२
दाङ  : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ९औं संविधान दिवस–२०८१ लाई प्रदेशमा जनस्तरबाट भब्य रुपमा मनाउन आह्वान गरेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय राप्ती उपत्यका देउखुरीमा सम्पन्न संविधान तथा राष्ट्रिय दिवस मूल समारोह समितिको आइतबार बसेको बैठकलाई सम्वोधन गर्दै मुख्यमन्त्री आचार्यले संविधान दिवसलाई नागरिकस्तरबाट भब्यरुपमा मनाउन आह्वान गरेका हुन […]