रौतहट डुंगा दुर्घटनाः दुईको शव भेटियो

१० भाद्र २०७५, आईतवार १७:०२
 

सदरलाइनडटकम,
रौतहट (गौर) : रौतहटस्थित लालबकैया नदीमा शनिबार बेलुकी भएको डुंगा दुर्घटनामा हराएका पाँच जनामध्ये दुई जनाको शव भेटिएको छ । अझै तीन जना बेपत्ता छन् । ईशनाथ नगरपालिका औरैयाकी ४० वर्षीया रूना देवी र ५० वर्षीया शान्तिदेबीको शव भारतस्थित बेल्वाघाट नदी किनारमा भेटिएको हो ।
औरयाबाट सदरमुकाम गौरतर्फ आउने क्रममा नदीमा पानीको स्तर बढेपछि निर्माणाधीन पुलको स्तम्भमा ठोक्किएर डुंगा दुर्घटनामा परेको थियो । त्यसमा २५ जना सवार रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
स्थानीयको सहयोगमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी आईतबार बिहानैदेखि बेपत्ताहरुको खोजी गरिरहेका छन् । डुंगाका सहचालक गौर ४ का ओमप्रकाश चन्द्रवंशी, इन्दु देवी र १० वर्षीया किशोरी उषाकुमारी पटेल अझै बेपत्ता रहेको प्रहरीले बताएको छ ।

Next Post

रोहिंग्या शरणार्थीद्वारा विरोध प्रदर्शन

१० भाद्र २०७५, आईतवार १७:०२
सदरलाइनडटकम, काठमाण्डौ : बंगलादेशलगायतका देशमा बास बसेका रोहिग्ंया शरणार्थीहरुले न्याय माग्दै प्रदर्शन गरेका छन् । सैनिक दमनको एक बर्ष पुगेको अवसरमा रोहिग्ंया शरणार्थीहरुले प्रदर्शन गरेका हुन् । म्यानमारको सैनिक दमनका कारण देश छाडेर छिमेकी देशहरुमा शरण लिन उनीहरु बाध्य छन् । आफन्तहरुको हत्या, बलात्कार, अपहरणलगायत घटनाको स्मरणमा उनीहरुले आफु बस्दै आएको […]

ताजा अपडेट