भारी वर्षाले अमेरिकाका दुई शहरमा आपातकाल घोषणा

८ भाद्र २०७५, शुक्रबार १६:४१
 

सदरलाइनडटकम,
काठमाण्डौ : भारी वर्षा र आँधीका कारण अमेरिकामा आपातकाल घोषणा गरिएको छ । बर्षाका कारण हवाई राज्यमा हजारौं जना विस्थापित भएपछि आपातकाल घोषणा गरिएको हो ।
लगातारको वर्षाले बाढी र पहिरोमा परि सयौं घर डुबानमा परेका छन् । ह्वाई लगायत अलोहा शहर डुबानमा परेकाले त्यहाँका सबै शिक्षण संस्था बन्द गरिएका छन् ।
बर्षातका कारण हवाई उडानसमेत रद्द गरिएको अन्तर्राष्ट्रिय समाचार माध्यमहरुले जनाएका छन् । भारी वर्षातले विद्युत आपूर्तिसमेत बन्द भएको छ ।
बाढीबाट प्रभावित परिवारलाई क्षतिपूर्ति दिने घोषणा गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विस्थापितलाई सुरक्षित स्थानमा लैजान निर्देशन दिएका छन् ।


(एजेन्सीको सहयोगमा)

Next Post

ब्याटिङतर्फ भारतीय क्रिकेटर कोहली शीर्ष स्थानमा

८ भाद्र २०७५, शुक्रबार १६:४१
सदरलाइनडटकम, काठमाण्डौ : टेष्ट क्रिकेटको विश्व वरियतामा भारतीय क्रिकेट खेलाडी विराट कोहली शीर्ष स्थानमा पुगेका छन् । अन्तर्राष्ट्रिीय क्रिकेट काउन्सिल (आईसीसी) ले सार्वजनिक गरेको नयाँ टेष्ट ब्याट्सम्यानको वरियतामा भारतीय क्रिकेट टोलीका कप्तान कोहली ९ सय ३७ अंकसहित शीर्ष स्थानमा पुुगेका हुन् । यस्तै अष्ट्रेलियाका पूर्वकप्तान स्टेभेन स्मिथ दोस्रो नम्बरमा छन् । […]