होण्डा शोरुम नेपालगन्जलाई वडा नं. १८ ले तिरायो जरिवाना

८ भाद्र २०७५, शुक्रबार १३:२०
 

सदरलाइनडटकम
नेपालगन्ज  :  नेपालगन्ज उप–महानगरपालिका वडा नं. १८ ले आफ्नो वडामा जथाभावी फोहर फाल्ने व्यावसायी तथा व्यक्तिहरुलाई जरिवाना गर्न सुरु गरेको छ ।
वडा अध्यक्ष दिपक बर्मा तथा वडा सदस्य निरज ढुंगानालगायतको सक्रियतामा शुक्रबार कारकाँदो चोक आसपासमा सडकमा फोहर फाल्ने व्यावसायीलाई तोकिएको समयमा निश्चित स्थानमा मात्र फोहर फाल्न आग्रह गर्दा पनि अटेरी गर्ने व्यावसायीलाई जरिवाना गर्न सुरु गरको हो ।
नेपालगन्ज उप–महानगर वडा नं. १८ का वडा अध्यक्ष बर्माले आफ्नो वडा सफा राख्नको लागि पटक–पटक व्यावसायिहरुलाई आफुले उत्पादन गरेको फोहर निश्चित स्थानमा मात्र फाल्नको लागि आग्रह गर्दा नटेर्ने र जथाभावी फोहर फाल्ने व्यवसायी तथा व्यक्तिलाई कारवाही प्रकृया सुरु गरेको जानकारी दिए ।
उनले भने–‘हामीले वडाबासी तथा ववसायीलाई भनेका छौ आफुले उत्पादन गरेको फोहर तोकिएको ठाँउमा तोकिएको समयमा मात्र फालौ । तर, फोहर उठाउनेले फोहर उठाएर गएपछि फालिदिने, तोकीएको ठाँउमा नफाल्ने एकैपटक धेरै फोहर ल्याएर थुपारि दिने गर्नेलाई कारवाही प्रकृयामा ल्याउन सुरु गरेका छौ ।’
उनले घरमा तथा व्यावसायमा उत्पादन भएको फोहर धेरै भएमा बोरामा हालेर फोहर फाल्न तोकीएको स्थानमा फाल्न सबै वडाबासीमा अनुरोध गरेका छन् । शुक्रबार वडा अध्यक्ष बर्माको साथमा वडा सदस्य, नेपालगन्ज उप–महानगरका बाताबरण ईञ्जिनियर, सरसफाई शाखा प्रमुख, सुरक्षा प्रमुखलगायतको टोलीले अनुगमन गरेको थियो ।
उनले शुक्रबार नेपालगन्ज कारकाँदो चोकको सुर्खेतरोडमा रहेको होण्डा मोटरसाईकल शोरुमले जथाभावी फोहर फालेको भन्दै पहिलो पटक चेतावनी दिदै १५ हजार जरिवाना गराएको जानकारी दिए । ‘हामीले पटक–पटक उहाँलाई चेतावनी दिएका थियौ अटेरी गरेर बाटोमा फोहर फालेको कारण पहिलो पटक १५ हजार जरिवाना गरेका छौ’–वडाअध्यक्ष बर्माले भने ।
यसैबीच यज्ञलक्ष्मी ईन्टरप्राईजेजका प्रोपराईटर तथा होण्डा शोरुमका सञ्चालक व्यावसायी रविन्सन श्रेष्ठले उप–नगरपालिकाले समयमा फोहर नउठाएको र आफ्नो शोरुम अगाडि फालिएको फोहर आफुले मात्र उत्पादन गरेको नभई शोरुमको माथि रहेको नविल बैंकलगायतले उत्पादन गरेको दाबी गरेका थिए ।

Next Post

बाल्मीकीले माफी मागेपछि हेल्थ क्याम्पसको ताला खोलियो

८ भाद्र २०७५, शुक्रबार १३:२०
सदरलाइनडटकम, नेपालगन्ज : नेपालगन्ज हेल्थ क्याम्पसमा बिहीबार लगाइएको ताला शुक्रवार खोलिएको छ । आन्दोलित विद्यार्थी संगठन र क्याम्पस प्रशासनबीच सहमति भएपछि ताला खोलिएको हो । क्याम्पस सञ्चालक एवं पूर्वसभाषद् मैकुलाल बाल्मीकीले माफी माग्दै अब उपरान्त यस्ता घटना दोहोरिन नदिने लिखित प्रतिबद्धता जनाएपछि क्याम्पसको ताला खोलिएको अनेरास्ववियु बाँकेका अध्यक्ष मोहित शाहले बताए […]

सम्बन्धित