दुई घर पुरिए

५ भाद्र २०७५, मंगलवार ०९:५३
 

डोल्पा, अविरल वर्षासँगै पहिरो खस्दा सोमबार दुई घर पुरिएको छ भने एक घर भत्किएको छ ।

तल्लो डोल्पास्थित मुड्केचुला गाउँपालिका–७ शर्मी गाउँमा पहिरोले स्थानीयवासी राजबहादुर रोकाय र देउरुपा ठकुल्लाको घर पुरिएको हो । हरिबहादुर बुढामगरको घर भत्केको छ । मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । शर्मी गाउँका अधिकांश घर पहिरोको जोखिममा छन् । बस्ती सुरक्षित ठाउँमा सार्न स्थानीवासीले माग गरेका छन् ।


रासस

Next Post

मिस्टर भर्जिन : द्विअर्थी संवादले ‘अर्थहीन’ बनाएको फिल्म (समीक्षा)

५ भाद्र २०७५, मंगलवार ०९:५३
अर्घेलो थापा काठमाडौं, युट्युबमा टन्नै डबल मिनिङ (द्विअर्थी) का भिडियोहरु भेटिन्छन् । ती भिडियो दर्शकले हेरून् भनेर शीर्षक नै त्यस्तै द्विअर्थ बुझाउने राखिन्छन् । हलमा चलिरहेको ‘मिस्टर भर्जिन’ फिल्मभन्दा बढी तिनै द्विअर्थी लाग्ने संवादहरुको चाङ हो भन्दा फरक पर्दैन । सीधा अर्थमा भन्नुपर्दा ‘मिस्टर भर्जिन’ युट्युबमा छ्यापछ्याप्ती पाइने भिडियोसँग धेरथोर […]